शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
असाड ३०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार ३० - 
सिरहाको लहानमा मुस्लिम आयोग नेपालको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ।लहान नगरपालिका -५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीको अध्यक्षता तथा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको प्रमुख आतिथ्यता , विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य समसुल हक संगै लहानका स्थानीय मुस्लिम अगुवाहरु साहिल अन्सारी ,साकुर राईन ,मोहम्मद अब्बास अन्सारी ,मोहम्मद सलाम अन्सारी लगायत मुस्लिम समुदायको उपस्तिथिमा एक दिने आगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अन्सारीले मुस्लिम आयोग मुस्लिम समुदायको हकहितमा काम गर्ने र मुस्लिम समुदायले दिएको सुझाव सल्लाह अनुसार अगाडी बढदै जनगणनामा मदरसाका मौलाना धर्मगुरु, विद्यार्थी, समाजसेवी, युवा वर्ग, भद्रभलादमीहरुलाई आ -आफ्नो स्तरबाट जनगणनालाई सफल बनाउन आग्रह गर्दै कसैको घरका सदस्य विदेश अथवा अन्य ठाउमा छ भने ति सदस्यलाई  नछुटाइ गणना गराउन अपिल गरे।मुस्लिम समुदायले जनगणनाका बेला सबैले आ-आफ्नो गणना गराउनु पर्ने र मुस्लिम समुदायका सम्पूर्ण व्यक्तिहरु मिलेर मुस्लिम आयोगलाई अझ अगाडी लैजानु पर्नेमा जोड़ दिदै पुर्व -पश्चिम, उत्तर दक्षिण, हिमाल पहाड़ र तराईका सम्पूर्ण मुस्लिम एक समान रहेको बताउदै मुस्लिम समुदायको उत्थानका लागि सरकारले मुस्लिम आयोग गठन गरेर मुस्लिम समुदायको आवाज उठाउन सजिलो बनाएको तर्क गर्दै मुस्लिम समुदायले जनगणनामा पहिलो भाषा उर्दु भनि उल्लेख गराउनु पर्ने र बच्चाहरुको नाम राख्दा मुस्लिम सभ्यता र संस्कृति झल्किने राख्नु पर्ने, आ-आफ्नो बालबालिकाहरुलाई उर्दु शिक्षा संगै लोकसेवामा प्रतिस्पर्धा गराउन स्कुल, कलेज पनि पठाउनु पर्ने,  जनगणनाको समयमा मुस्लिम समुदायका सम्पूर्ण व्यक्तिहरुलाई जनगणनामा सहभागि हुनु पर्ने भन्दै अध्यक्ष अन्सारीले अपिल गरे। 

कार्यक्रम लाई सम्बोधन गर्दै सकुर राइनले मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु सट्टा २०७८/०७९ को बजेटमा मुस्लिम समुदायलाई विभेद गरिएको बताउदै चनाखो भएर जनगणना गराउनु पर्ने र उर्दु भाषालाई मुस्लिम समुदायको महत्वपूर्ण भाषा रहेको र मदरसामा रहेका शिक्षकलाई सरकारी शिक्षक जस्तै सेवा सुविधा उपलब्ध गराउन मुस्लिम आयोगलाई ध्यानाकर्षण गराउदै सम्पूर्ण मुस्लिम मिलेर समुदायलाई अगाडी ल्याउनु पर्ने बताए।

त्यस्तै आफ्नो मन्तवय राख्ने क्रममा कार्यक्रमका अध्यक्ष सुलेमान मिया अन्सारीले मुस्लिम समुदायमा उमेर पुगेका सम्पूर्णले नागरिकता बनाउनु पर्ने ,समुदायको समस्या मुस्लिम आयोग मार्फत उठान गर्नु पर्ने , मुस्लिम समुदायको समावेशिताको आधारमा अधिकार पाउनु पर्ने  भाव व्यक्त गर्दै सम्पूर्ण प्रदेशमा मदरसा बोर्ड गठन हुनु पर्ने, मदरसाका शिक्षक धर्मगुरुहरु मार्फत समुदायमा जनगणना सम्बन्धि जनचेतना फैलाउन मुस्लिम आयोग लाई सुझाव दिदै सम्पूर्ण मुस्लिम समुदायलाई आगामी जनगणनामा सहभागी हुन् आग्रह गरे। कार्यकमको उद्घोषण मोहम्मद सलाम अन्सारीले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.