शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भायानेटको नयाँ शाखा लहानमा

7 Views

आश्वीन १३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज १३ - 
इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले सिरहा जिल्लाको लहानमा पनि शाखा विस्तार गरेका छन्। नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक भायानेटको लहान शाखा कार्यलयको समुद्घाटन जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यको हात बाट बुधबार एक कार्यक्रमको आयोजनागरी रिवन काटेर गरिएको हो। विगत २१ वर्षदेखि निरन्तर ग्राहकवर्गको सेवामा समर्पित भायानेट देशकै दोस्रो ठुलो निजि इन्टरनेट प्रदायकमा गनिन्छ। भायानेट देशै भरि सबैलाई कनेकटेड राख्ने योजनामा प्रदेश २ को सिरहा जिल्लाको लहान बजारमा आफ्नो नयाँ शाखा बिस्तार गरेका हुन्।

कम्पनीले लहानका जनताको भायानेटको सुपर स्पिड इन्टरनेट,मनोरन्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भयाटिभी सहित ,ग्राहकले अन्य थुप्रै सुविधाहरुको प्रयोग गर्न पाउने छन्। बिशेष अफरमा ,भायानेटको इन्टरनेट जडान गर्ने ग्राहकले ४ महिना सम्म इन्टरनेट सुबिधा नि:शुल्क पाउने छन्। शाखा विस्तारका क्रममा प्रदेश २ मा यस बर्ष भायानेट विशेष प्राथमिकताका साथ् लागि परेको बताइएको छ। सोहि क्रममा लहान पछि जनकपुर र बर्दिबासमा समेत भायानेटले आफ्नो सेवा छिटै विस्तार गर्ने प्रेस विज्ञप्ति मार्फत जनाइएको छ। लहानका इन्टरनेट प्रयोग कर्ताको अत्याधिक माग पश्चात भायानेटले आफ्नो शाखा बिस्तारमा लहानलाई चयन गरेको जनाइएको छ। लहानका उपभोक्ताले यो अवसरको भरपुर फाइदा उठाउनेमा कम्पनी विश्वस्त छ।

टिभिएसको रेडर, एनटर्क र रेडिअन
आश्वीन ५, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.