शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
"निल गगन के चाँद आहा" गीतको विमोचन कार्यक्रम सम्पन्न
आश्वीन २३, २०७८ | सरगम खबर समाचारदाता

लाल बिहारी यादव लहान २०७८ असोज २३ - 
सिरहाको लहानमा मैथिली गित "निल गगन के चाँद आहा" को म्युजिक विडियो विमोचन भएको छ। मनिषा चौधरीको लगानीमा निर्माण भएको यस म्युजिक विडियोमा दुर्गा चौधरीको र सृष्टि ढुङ्गेलको मुख्य भूमिका रहेको छ। त्यस्तै एस .पी सिंहको शब्द र निल घतानिको संगीत रहेको   गीतमा सुमधुर आवाज मिथिलाका चर्चित गायक तेजु मैथिल र सुषमा झाको रहेको छ।  म्युजिक विडियोको निर्देशन मोडेल तथा निर्देशक प्रदिप कुमार रसाइलीले गरेका छन्। मैथिली गित "निल गगन के चाँद आहा" को म्युजिक विडियो विमोचन कार्यक्रमको अध्यक्षता पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका थिए ,भने प्रमुख अतिथिको रुपमा चौधरीका ममतामयी आमा रम्भा चौधरीले गर्नु भएको थियो। त्यस्तै कार्यक्रकोकार्यक्रमको विशिष्ट अतिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा गायक तथा संगीतकार पारशमणि, गायक तेजु मैथिल ,कलाकार दिलिप मगर ,मोडेल श्रीष्टि ढुंगेल,संचारकर्मी महेश सिंह ,अनिल चौधरी ,प्रदिप कुमार रसाइली लगायतका रहेका थिए। 

कार्यक्रममा म्युजिक विडियोको प्रदर्शनी पछि शुभकामना मन्तव्यको क्रममा सम्पूर्ण अतिथिहरुले विडियोको प्रशंशा संगै सफलताको कामना गरेका छन्। दुर्गा चौधरीको पहिलो विडियो भए पनि उनको अभिनयलाई सराहेका छन्। भने विडियोलाई राम्रो बनाउन निर्देशक रसाइलीले  निकै मेहनत गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका छन्। कार्यक्रमा विडियोलाई उत्कृष्ट बनाउन सहयोग गरेकाहरु गायक तेजु मैथिल,सन्तोष कुमार चौधरी ,यस कुमार चौधरी ,श्रवन कुमार साह ,सन्तोष चौधरी ,दुर्गा चौधरी ,अमृत चापागाई ,चुनु शर्मा ,सृष्टि ढुङ्गेल,प्रदिप रसाइलीलाई  आयोजक मनिषा चौधरीले प्रमुख अतिथि रम्भा चौधरी र विशिष्ट अतिथि फिरोज शेखको हात बाट सम्मान-पत्रले सम्मानित गरेका थियो। कार्यक्रममा स्वागत मन्तव्य गायक तेजु मैथिलले राखेका थिए ,भने उद्घोषण संचारकर्मी अनुभक्तले गरेका थिए। 

विडियो हेर्न यो लिंकमा क्लिक गर्नु होला :

https://youtu.be/7hG3-N1g_GE

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.