शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लब अफ लहान फुलबारीको संस्थापक अध्यक्षमा झा
मंसिर २, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर - २ 
लायन्स क्लब अफ लहान फुलबारीको संस्थापक अध्यक्षमा राकेश झा चयन भएका छन् । बर्ष २०२१-२०२२ को लागि विहिबार सम्पन्न पद स्थापना तथा सपथ ग्रहण कार्यक्रममा संस्थापक अध्यक्ष सहित नेतृत्व चयन गरिएको हाे। कार्यसमितिको प्रथम उपाध्यक्षमा राजाबाबु साह  ,द्धितिय उपाध्यक्षमा शंकर प्रसाद गुप्ता, तृतिय उपाध्यक्षमा काशिंद्र प्रसाद यादव, सचिवमा श्याम सुन्दर साह , कोषाध्यक्षमा मनिष सारडा रहेका छन् ।

त्यस्तै गंगा प्रसाद यादव सर्भिस चेयरमैन, दिपेन्द्र कुमार साह मेमवरशिप चेयरमैन, राजु मण्डल मारकेटिङ्ग कम्युनिकेशन चेयरमैन, ललित कुमार महतो LCIF कोरडिनेटरमा चयन भएका छन्,भने डाइरेक्टरमा रामप्रबोध यादव ,डा. रितेश गीरी , शुसान्त कुमार स्वतन्त्र ,विजय कुमार यादव ,उपेन्द्र प्रसाद यादव चयन भएका हुन्। त्यस्तै सदस्यहरुमा रुवी गीरी,शर्मिला यादव ,धनविर महतो, प्रकाश सारडा,मनिष सिंघानची र राहुल सारडा चयन भएका छन्। 

कार्यक्रमका प्रमुख अतिथि डिस्टरीक्ट गभर्नर केशव पाण्डे संस्थापक पदाधिकारीहरलाई शुभकामना दिदै सामाजिक काममा क्लव नेपालको मात्रै नभएर लायन्सकै ईतिहासमा गौरवपुर्ण काम गर्ने अपेक्षा समेत व्याक्त गरे । बशिष्ट अतिथी उपडिस्टरीक्ट गभर्नर उतम झाले क्लवले विगतका दिनमा नमुना सामाजिक काम गरेको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा परिस्कृत रुपमा काम गर्ने कुरामा विश्वस्त रहेको बताए ।

बशिष्ट अतिथी उपडिस्टरीक्ट गभर्नर दिनेश प्रसद श्रेष्ठले पनि क्लवले आगामी दिनमा थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिदै लहानका लाइन सदस्यहरुको सक्रियताले गौरवान्वीत भएको बताए । कार्यक्रमा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यले कार्यसमितिलाई बधाई दिदै क्लबलाई आगाडी क्रियासिल बनाउन र सामाजिक काममा जोड दिन आग्रह गरे। कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले लायन्स क्लब अफ लहान फुलबारीका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै क्लवलाइ उत्कृष्ट बनाउन आग्रह गरे ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.