शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा ३९० र १६० घन्टे नि :शुल्क तालिम संचालन
मंसिर ९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसीर ९ - 
सिरहाको लहानमा ३९० र १६० घन्टे नि :शुल्क तालिम शुरु भएको छ। अन्तरराष्ट्रीय श्रमिक (आइ एल ओ ) को आर्थिक सहयोगमा इलेक्ट्रिक टेक्निकल ट्रेनिंग इष्टिच्युट प्रालिले आयोजना गरेको ३९० र १६० घन्टे नि :शुल्क तालिमको एक कार्यक्रमका बीच लहान नगरपालिकाका उप-प्रमुख  सरियार कुमारी चौधरी द्वारा उद्घाटन गरिएको हो। तालिम अवधिभर मोटर साइकल मर्मत ,इलेक्ट्रोनिक एप्लाइसेन्स ,अल्मुनियम फेब्रिकेटर ,इ-रिक्सा मर्मत ,प्लम्बर ,बिल्डिंग इलेक्ट्रिसियन ,हाउस किपिंग ,कन्ट्रक्सन कार्पेन्टर ,मेसन टायल मार्वल फिटर ,बाख्रा पालन ,बेमौसमी तरकारी खेति  लगायतका तालिम प्रदान गरिने उद्घाटन सत्रका अध्यक्ष अच्च्युत नेपालले जानकारी दिए। अध्यक्ष अच्च्युत नेपालका अनुसार यस नि :शुल्क तालिममा यस क्षेत्रका २१० जना महिला ,पुरुष तथा युवा युवतीहरु सहभागिता जनाउने छन्।

 उद्घाटन सत्रमा प्रमुख अतिथि सरियार कुमारी चौधरी सहित शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख ,दलित उत्थान समाजका पुर्व अध्यक्ष पुनित चौधरी,जनमत पार्टी लहानका नगर अध्यक्ष शुभाष चौधरी,हरुवाचरुवा अधिकार मंचका मोहम्मद कासिम ,श्याम सुन्दर सदाय र सुर्य नारायण रामले शुभकामना मन्तव्य राखेका थिए। यस तालिममा सहभागीहरुलाई इलेक्ट्रिक टेक्निकल ट्रेनिंग इष्टिच्युट प्रालिले विभिन्न रोजगारदाता संघ -संस्थाहरु संग सहकार्य गरि रोजगारीको समेत व्यवस्थापन गर्ने जनाएका छन्। यसै बीच टेरा मोटर्स इ-रिक्साका आधिकारिक विक्रेता श्याम इन्टरप्राइजेजका संचालक समेत रहेका शुभाष चौधरीले इ-रिक्सा मर्मत गर्न तालिम लिएकाहरुलाई रोजगारी दिने प्रतिबध्ता समेत जनाएका छन्। 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.