शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
TVS को नयाँ बाईक TVS Raider लहानको (Raj Automobiles) सोरुमबाट
मंसिर २४, २०७८ | फिरोज शेख

सिरहा लहान २०७८ मंसिर २४ -  
केहि साता अगाडी मात्र नेपाली बजार भित्रिएको TVS Raider बाईक, यसको स्पोर्टी लुक्स, पावर र पिक-अप ले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको छ र सातै प्रदेशमा सप्तरंग संग आबद्ध भै TVS Raider पनि सातै प्रदेशमा भब्य Launch गरिने भएको छ। यही मंगसिर २५, मा लहान स्थित आफ्नो आधिकारिक विक्रेता (Raj Automobiles) मा सप्तरंग ३ का कलाकार महानायक राजेश हमाल गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल,अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती द्वारा यो बाईक launch गरिने छ।

टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ ।

यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुन्छ ।

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.