शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा कार्यक्रम
पौष ४, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ पौष ४ - 
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सिरहामा संकलन गरिएका मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुको पुस्तक प्रकाशन पूर्व पुस ४ गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।इन्सेक सिरहाका अनुसार सन् २०२१ को अबधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्यांकमा यो वर्षमा १२० ओटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना संकलन गरिएको छ ।इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट पाच महिलाको हत्या, बलात्कारको ६६ घटनामा ४२ बालिका र २४ महिला गरी ६७ जना पीडित भएको तथ्यांक प्रतिनिधि परियारले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि लहान नपाका उप प्रमुख सरियारकुमारी चौधरीले इन्सेकको अभिलेखनले सरोकारवालाहरुलाई पनि जिम्मेबार बनाउन मदत गर्ने गरेको बताउनु भयो । मानवअधिकार संरक्षणमा सबैको भुमिका अपरिहार्य रहेकोले आफनो तर्फबाट सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । आफुले पनि मानवअधिकारको प्रत्याभुति गराउने तरीकाले सबै संघसंस्थाको सहकार्यमा न्यायीक समितिको काम कार्वाहीलाई अगाडी बढाएको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले मानव अधिकारको संरक्षणमा र उल्लंघनमा प्रहरीनै अग्र पंत्तिमा रहने बताउनु भयो । प्रहरीको निति नै अपराधलाई शुन्यमा झार्ने रहेकोले अनुसंधानको पाटोमा कुनै कसर बाकि नराखि कानूनले मापन गरेका घटनाहरुमा प्रहरीले मुद्दा दर्ता गरी कार्वाही प्रकृया अगाडी बढाउने बताउनु भयो । समाजमा हुने गरेका घटनाहरुको रोकथाम र नियन्त्रनका लागि सबैको सहकार्य आवश्यक रहेको र आफुले पनि स.घसंस्थाहरुसंग सहकार्य गरेरनै अगाडी बढने बताउनु भयो । त्यसैगरी इलाका प्रशासन कार्यालयका नासु सुरेश कुमार बरालले मानवअधिकारको प्रत्याभुति गराउन राज्य जिम्मेबार नभएर सबै जना जिम्मेबार बन्नु पर्ने बताउनु भयो । महिला हिंसाको घटना घरबाटै शुरु हुने र महिलाहरको पहिचानको लागि नागरिकता अपरिहार्य भए पनि पुरुषहरुले सनाखत नगरी दिदा  नागरिकता बन्न नसकेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य संजय बिक, महेश सिहं, बिनोद मंडल, संचारकर्मी फिरोज शेख, अधिकारकर्मीहरु देवराज पोखरेल, रेणु कर्ण, शर्मिला निरौला, गंगा अधिकारी, उमेश बिसुन्के, रामभरोसी महतो लगायत संचारकर्मीहरुले प्रतिवेदनमा टिप्पणी गर्नु भएको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.