शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तराई मधेशमा पहिलो पटक भरत म्युजिक अवार्ड हुँदै
पौष १२, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष १२ - 
सप्तरीको शम्भुनाथ नगरपालिका स्थित पर्यटकीय स्थल शम्भुनाथ मन्दिर नजिक आर के होटेल प्रालिमा पहिलो पटक म्युजिक अवार्ड आयोजना गरिएको आयोजकले जनाएका छन्। अग्रेजी वर्ष २०२२ को शुभ आगमनको पुर्व सन्ध्यामा डिसेम्बर ३१ तारिक अर्था पौष १६ गते शुक्रवारका दिन साँझ ६ बजे देखि राति १२ बजे सम्म म्युजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक निर्माता तथा कलाकार भारत साहले जानकारी दिनुभयो। केशरी ग्रुप अफ कम्पनीको आयोजनामा पहिलो पटक हुन् गइरहेको भरत म्युजिक अवार्डमा भरत फिल्मका लागि आफ्नो योगदान दिएका मिथिलाका चर्चित कलाकारहरुलाई अवार्डले सम्मानित गर्नुका साथै नव वर्ष २०२२ लाई स्वागत तथा वर्ष २०२१ लाई विदाई सहित शुभकामना आदान-प्रदानको कार्यक्रम समेत रहेको संयोजक साहले जानकारी दिए। संयोजक साहका अनुसार विगत लामो समय देखि भरत फिल्म्स लाई आफ्नो कला र गलाले सहयोग गर्दै आइरहनु भएका कलाकर्मीहरुको योगदानको कदर गर्दै भरत म्युजिक अवार्डको आयोजना गरिएको हो। साथै यसै कर्यक्रमलाई निरन्तरता दिदै प्रत्येक वर्ष मिथिला कलाकर्मीको कला र गलाको सम्मान गर्दै मिथिलाको विभिन्न स्थानहरुमा भरत म्युजिक अवार्डको आयोजना गरिने योजना समेत रहेको उनले सुनाए। 

भरत म्युजिकल अवार्ड कार्यक्रममा सम्मानित हुने विधाहरु यस प्रकार रहेका छन :
(1) Best Singer of the year 
(2) Best Lyrics of the year 
(3) Best Music Director of the year
(4) Best Choreographer/(Director of the year
(5) Best Actress & actor of the year
(6) Best suggester of the year

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.