शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा लहानका संचारकर्मी शेख र
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता

रमिता नेपाल लहान २०७८ चैत २३ - 
नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने पाँचौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ भव्यरुपमा सम्पन्न भएको छ। बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको छ। जस अन्तर्गत उत्कृष्ट मैथली भाषा मोडलमा विगत एक दशक देखि निरन्तर संचारक्षेत्रमा कार्यरत तथा शेख मिडिया हाउस प्रालि,रेडियो सरगम ९३ मेगाहर्जका संचालक लहानका संचारकर्मी फिरोज शेखले अभिनय गरेको " हम अहाके दिवाना " बोलको गीतका लागि संचारकर्मी शेख उत्कृष्ट मैथली भाषा मोडल अवार्ड बाट सम्मानित भएका छन् " भने लहान ५ घर भई दर्जनौ हिन्दि ,मैथिली , भोजपुरी लगायतका गीतहरु रचना गरिसकेका र हाल वैदेशिक रोजगारमा रहेका गीतकार संचारकर्मी समिर खानले रचना गरेको "समझु प्रेमक इशारा" का लागि खानलाई उत्कृष्ट मैथली भाषा गीतकार राष्ट्रिय समावेशी म्युजिक अवार्ड बाट सम्मानित गरिएको छ। बिगत लामो समय देखि मैथिली क्षेत्रमा धुम मचाउदै आएका खान मिथिला अन्चलमै लगातार तीन पटक समावेशी  अवार्ड जितेर ह्याट्रिक गर्न सफल भएको राष्ट्रिय समावेशी म्युजिक अवार्डका संयोजक माधवराज खरेलले जानकारी दिनुभयो।

त्यस्तै उत्कृष्ट मैथली भाषा गायनका लागि राजविराजका गायक तथा संचारकर्मी आदित्य अजय : गित को बोल "रमजान के महिना" र उत्कृष्ट मैथली भाषा निर्देशनका लागि बिराटनगरका संचारकर्मी हुशैन शेखलाई "धोखा हमरा" बोलको गीतका लागि उत्कृष्ट मैथिली भाषा निर्देशक अवार्ड बाट सम्मान गरिएको छ। यसै बीच यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी दिर्घ राज जोशीलाई सेवा सम्मान, चर्चित संगीतकार दिपक शर्मालाई यूवा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा सम्मानवाट सम्मान गरिएको थियो भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान एवं कदर गरिएको थियो ।कार्यक्रममा नेपाली चलचित्र, गीत संगीत, कला संस्कृतिका क्षेत्रमा साथै विभिन्न क्षेत्रमा सक्रिय विशिष्ठ तथा अतिविशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो भने कार्यक्रमलाई नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका लगायतको संघ संस्था तथा प्रतिष्ठानहरुको सहभागिता रहेको थियो ।

त्यस्तै अवार्ड कार्यक्रममा नेपाली रंगीन सिनेमाको पहिलो नायिका चैत्य देवी सिंह, चलचित्र प्राविधिक संघका पुष्कर लाम, बरिष्ठ पत्रकार,गीतकार शान्तिप्रय , म्यूजिक भिडियो समाज अध्यक्ष विधान कार्की , गायक अजय अधिकारी “सुशिल” समाजसेवी /गायिका सोमा खत्री वित्तविद नन्दहरि शर्मा, बरिष्ठ गीतकार भरत बम्जन बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ गायक सिताराम पोखरेल, बरिष्ठ संगीतकार जुगल डंगोल चर्चित संगीतकार सन्तोष श्रेष्ठ चर्चित गायकशिव परियार चर्चित गायक कृष्ण काफ्ले, गीतकार रमेश दाहाल, कोरियो ग्राफर अजय स्याङ्तान सम्पादक विपिन भाट ,संगीतकार/एरेन्जर राजेन्द्र बजगाई, रंग पत्रकार जिवन पराजुली, रंग पत्रकार विष्णु सुवेदी, पत्रकार गीता अधिकारी ,अभिनेता विशाल विष्ट लगायत् विभिन्न भाषा भाषिका कलाकर्मी तथा व्यक्तित्वहरुको उत्साहजनक सहभागीता रहेको थियो।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.