शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रमुख जिल्ला अधिकारी कवारी द्वारा 'स्कुल अफ स्कलर्स' को उद्घाटन
जेठ २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २८ - 
शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउने उदेश्यका साथ मधेश प्रदेश स्थित सिरहाको लहानमा संचालित 'स्कुल अफ स्कलर्स' स्कुलको विधिवत रुपमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी द्वारा उद्घाटन गरिएको छ। 'स्कुल अफ स्कलर्स' गत भदौ २०७८ देखि नै संचालनमा आए पनि कोरोना महामारीको दोस्रो लहरका कारण विधिवत रुपमा उद्घाटन हुन नसकेको उक्त स्कुलको हिजो भव्य कार्यक्रका बीच स्कुलका अध्यक्ष सुदिप राज कुशवाहाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारि कवारीको प्रमुख आतिथ्यतामा विधिवत रुपमा उद्घाटन गरिएको हो। 
भौतिक संरचना तथा पूर्वधारले सु-सम्पन्न लाहान -८ स्थित संचालनमा रहेको यस स्कुलमा ५१ जना सेयर सदस्यहरु ठुलो लगानी गरेका छन्। 
शिक्षाको हव बन्दै गइरहेको "एसओएस" स्कुलमा ६०० भन्दा बढी विधार्थीहरु अध्यनरत रहेको जनाइएको छ। शिक्षामा गुणस्तरीयता दिन सफल यस स्कुलमा आफ्ना विधार्थी भर्ना गराउन अभिभावकहरु आकर्षित हुन् थालेका छन्। 

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख जिल्ला अधिकारी कवारीले दुईखाले शिक्षा नीतीले शिक्षा क्षेत्रमा सुधार आउन नसक्ने बताएको छ। हुने खानेका छोरा–छोरी पढ्ने विद्यालय र गरिवका छोरा–छोरी पढ्ने छुट्टा–छुट्टै रहेसम्म शिक्षामा बास्तविक सुधार आउन नसक्ने बताएका हुन्।स्थानीय सरकारमा शिक्षाको सम्पूर्ण जिम्मेवारी आएको भन्दै कवारीले भने, ‘अव शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा आएको छ, यसलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने जिम्मा पनि स्थानीय सरकारले लिनु पर्छ; शिक्षाको गुणस्तरीयता कायमगर्न सवैले मिलेर काम गर्न जरुरी रहेको बताउदै एउटा संस्था राम्रो हुनको लागि राम्रो पूर्वाधार, कुशल जनशक्ति, सञ्चालन प्रकृया र जिम्मेवारीबोधको जरुरी हुने बताए। उनले बाहिरबाट हेर्दा यहाँ सवैथोक देखिएपनि यसले दिने रिजल्डले थप विषय उजार हुँदै जाने बताए।उनले राम्रो शिक्षा दिनुभनेको किताव घोकाउने गर्नुमात्र नभएर संस्कार, कला, संस्कृति, समाजका विषयमा पनि विद्यार्थीलाई ज्ञान भनुपर्र्नेमा जोड दिए।

यसै बीच शिक्षा क्षेत्रमा आफ्नो जीवन व्यतित गर्नु भएका शिक्षाविद् अवकास प्राप्त प्रधानाध्यापक विश्वनाथ महतोले शिक्षक विद्यार्थीको सुमधुर सम्वन्धले गुणस्तरीय शिक्षामा गुणस्तरीयता आउने बताए। उनले शिक्षक, विद्यार्थी र अभिभावकले मेहनत गरे परीश्रम कहिल्यै खेर नजाने भन्दै जुनसुकै क्षेत्रमा सफल हुनको लागि परीश्रमको महत्वपूर्ण योगदान रहने बताए। सोही क्रममा महतोले सक्षम, स्वभिमानी र देश निर्माणमा महत्वपूर्ण योेगदान पुर्याउने व्यक्तित्व निर्माण गर्न सकोस भन्ने कामना समेत गरे। कार्यक्रममा महतोलाई सम्मान-पत्र ,दोसल्ला सहित स्कुल संचालक समितिले सम्मान गरेका थिए। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख पुस्कल खनाल, लहान उद्योग वाणिज्य संघ, सिहाका अध्यक्ष अशोकलाल अमात्य, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता,राष्ट्रिय अनुसन्धान आयोग सिरहाका एसपी तुलसी प्रँसाई,  विद्यापति क्याम्पस लहानका प्रमुख मनोज कुमार कर्ण, अभिभावक सुनिल साह लागायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरु द्वारा विभिन्न सास्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.