शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चट्याङका कारण लहान सहित विभिन्न ठाउँको विधुत सेवा अवरुद्ध

8 Views

जेठ ३१, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ३१ -
गएराति देखि भईरहेकाे वर्षाको कारण लहानमा विद्युत अवरुद्ध भएकाे छ । बर्षा संगै आएको हावाहुरी र चट्याङ लागेर ३३ केभीए बस बार पूर्ण रुपले क्षति ग्रस्त हुँदा सिरहा जिल्लाको लहान नगरपालिका ,सिराहा नगरपालिका ,धनगडीमाई नगरपालिका र सुखिपुर नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडा सहित पाँचवटा गाउँपालिका संगै उदयपुर जिल्लाको सम्पूर्ण स्थानको विधुत प्रसारण अवरुद्ध भएको  नेपाल बिधुत प्राधिकरण लहान वितरण शाखा केद्र्का प्रमुख जितेन्द्र यादवले जानकारी दिनु भयो। प्रमुख यादवका अनुसार क्षति ग्रस्त बारको मर्मत सम्भार गर्न ढल्केवर बाट प्राविधिक टोलि आइपुगेको र मर्मत सम्भार भइरहे पनि विधुत सेवा संचालन हुन् ८ देखि १० घण्टा सम्म लाग्ने प्रमुख यादवले रेडियो सरगमको समाचार बिटमा जानकारी गराए। 

 

टिभिएसको रेडर, एनटर्क र रेडिअन
आश्वीन ५, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.