शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
TVS मोटरसाइकलको नयाँ RTR 160 4v FI BSVI लहानमा सार्वजनिक
असाड १३, २०७९ | सरगम खबर समाचारदाता

रमिता नेपाल लहान २०७९ असार १३ - 
जगदम्बा मोटर्सले असार 13 गते सिरहाको लहानमा अवस्थित राज अटो मोबाइल्स ( TVS मोटरसाइकल) शोरुममा आयोजित औपचारिक समारोहका बीच शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट  BS-VI मोडलको नयाँ TVS Apache RTR 160 4V RTFI सार्वजनिक गरेको छ। TVS Apache RTR 160 4V RTFI नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल हो। जसमा 3 राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहर छन्। जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन्। यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55PS @ 9250rpm र अर्बन र रेन मोडमा 15.64PS @8600rpm पावर उत्पादन गर्दछ। त्यस्तै, यसले स्पोर्ट्स मोडमा 14.73Nm @ 7250rpm र अर्बन र रेन मोडमा 14.14Nm @ 7250 rpm टर्क उत्पादन गर्दछ। राइड मोडहरूले पावर र ABS सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन्।

मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको BS-VI अनुरूप इन्जिन रहेको छ। जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ। यसमा SmartXConnect जस्ता प्रविधिहरू पनि छन्। जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउँछ र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्नसकिन्छ। थप रूपमा, मोटरसाइकलमा एग्रेसिभ DRL हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, ABS जस्ता अन्य धेरै फिचरहरु छन्।

टिभिएस मोटर कम्पनी-भारतका प्रतिनिधिहरूले जगदम्बा मोटर्सलाई नेपालमा टिभिएसको सफलताको लागि बधाई दिँदै नेपाली बजारमा आगामी टिभिएस अपाचे आरटीआर १६० ४भी को सफलताको कामना गरे। उनीहरूले यो मोटरसाइकलले १५० सीसीको सेग्मेन्टमा ‘बिग बाइक’ फिचर ल्याउने आफ्नो दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए ।

उक्त मोटरसाइकल सार्वजनिक भएपछि लहानको अधिकारीक बिक्रेता राज अटो मोबाइल्सका संचालक राज गुप्ताले Apache RTR 160 4V RTFI विथ BS-VI बारेमा जानकारी गराउदै निकै समय देखि ग्राहकहरुले माग गरिरहेको बताए । उनले भने 'अहिले सम्म यस वर्गमै नभएको फिचर भएकोले Apache RTR 160 4V RTFI विथ BS-VI अन्य मोटरसाइकल भन्दा उच्च भएको हुँदा यो मोटरसाइकलले अवस्य पनि टिभिएसको नेपालमा बिक्रि बढाउने छ । ‘ 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३७+ डिलर र २००+ सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.