शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेयर चौधरी अनुगमन गर्न विद्यालय पुग्दा, प्रअ ‘घर तिर
असाड १८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १८ - 
स्थानीयवासीहरुले सरकारी विद्यालयमा पढाई राम्रो नभइरहेको र प्रधानाध्यापकले विद्यालयमा समय नदिएको गुनासो गर्न थालेपछि लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी विद्यालय अनुगमनलाई तिव्रता दिएको छ । सोही क्रममा शुक्रबार लहान १५ स्थित श्री जनता सहिद वेचन यादव आधारभूत विधालय मोहनपुर पुगेको थियो । त्यहाँ पुग्दा प्रधानाध्यापक सेनी प्रसाद यादव विद्यालय छाडेर ८ बजे नै घरतिर जाने क्रममा बाटोमै फेला परेका छन्। प्रधानाध्यापक यादव मेयर र संचारकर्मी सहितको टोलि चढेको गाडी विधालय तर्फ गइरहेको देखे पछि फर्केका थिए। अनुगमनको क्रममा विधालयको अवस्था कन्तविजोग देखिएको छ। प्रधानाध्यापक व्यवस्थापन समिति संग मिलेर विद्यार्थीहरु भविष्य संग खेलवाड गरिरहेको पाइएको छ। विधालय परिसर भित्रका शौचालयको अवस्था दुर्गन्धित ,बालविकास तथा नियमित कक्षाहरुमा फ़ोहोरै फोहोर,विद्यार्थीहरुलाई खुवाउने खाजाको पनि उचित व्यवस्था नभएको लगायतका थुप्रै समस्याहरु देखिएको छ। यी सबै समस्याको  कारण "प्रअ" को एकल हैकमबाजी रहेको जानकारी शिक्षकहरुले गराएका छन्।

मेयरमा निर्वाचित भएपछि चौधरीले सामुदायिक विद्यालयहरुमा रोकिएको खाजा कार्यक्रमलाई तुरुन्त सञ्चालन गर्न लगाएको थियो । विद्यार्थीहरु खाजा खान पाउँदा नियमित विद्यालय उपस्थित हुन थालेको स्थानीयहरुको भनाई छ । खाजा कार्यक्रम प्रभावकारी भयो कि भएन ? भनेर मेयर चौधरी आफैँ अनुगमनमा खटिएका छन् । यो विद्यालयले ‘ह्वाईट बोर्ड’ लगाउनको लागि नगरपालिकाबाट भुक्तानी लिएको छ । तर, विद्यालयमा ‘ब्लायाक बोर्ड’मै शिक्षण कार्य गराउँदै आएको अनुगमनमा भेटिएको थियो । मेयर चौधरी विधालयमा तुरुन्त बोर्ड लगाउन निर्देशन दिदै अनुगमनमा संगै रहेका लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरि यादवलाई प्रअ यादवलाई स्पष्टिकरणका लागि आइतबार नगरपालिकामा बोलाउन निर्देश गरेको छ । विद्यालयको अन्य समस्याको विषयमा विद्यार्थी र शिक्षक सँग मेयर चौधरीले सोधपुक्ष गरेका थिए । शिक्षाको समस्या समाधान गर्न आफु जस्तो सुकै कदम उठाउन तत्पर रहेको मेयर चौधरी बताउदै आइरहेका छन् । नगरसभाबाट शिक्षामा अन्य क्षेत्रभन्दा बढी बजेट बिनियोजन गरिएको समेत  उनले जानकारी गराएका छन् । शिक्षा क्षेत्रमा कुनै पक्षले बदमासी गरे सह्य नहुने उनले बताए । यसै बीच अनुगमनको क्रममा संगै रहेका रेडियो सरगमका संचारकर्मीले विधालयको अवस्था ,व्यवस्था संगै प्रअ यादवको दादागिरीको    भिडियो सामाजिक संजालमा भाइरल भइरहदा प्रधानाध्यापक सेनी प्रसाद यादवलाई कारवाही गर्न चौतर्फी आवाज उठिरहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.