शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रिय बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

7 Views

भाद्र ३०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ ३० - 
सिरहाको लहानमा राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहारुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। ''बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार'' भन्ने मुलनारा सहित लहान नगरपालिका वडा नम्बर - ८ स्थित रहेको सिद्वार्थ आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत विपन्न तथा दलित परिवारका १४० विद्यार्थीलाई स्कुल ब्याग सहितको शैक्षिक सामग्री बुधबार दिउँसो वितरण गरिएको छ। ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा लायन्स क्लब अफ लहान सिटि तथा लहान सनसाइनको आयोजना तथा लहान  नगरपालिकाको सहकार्यमा लहान नगर प्रमुख महेश प्रसाद चौधरी, नेपाल पत्रकार महासंघ सिरहा सभापति मनाेज बनैता, लायन्स क्लब सनसाईनकी अध्यक्ष पुनम चौधरीले संयुक्त रुपमा उक्त शैक्षिक सामग्री  वितरण गरेको हो। 

उक्त विद्यालयमा गरिब, दलित,मजदुर तथा विपन्न परिवारको विधार्थी बढी अध्ययनरत रहेकोले छनौटको आधारमा सहयोग स्वरुप शैक्षिक सामग्री वितरण गरिएको लायन्स क्लब अफ लहान सिटिका क्षेत्रीय सभापति संजय राज शर्माले जानकारी दिए। कार्यक्रममा लायन्स क्लवका चक्रपानी दहाल, सुदिप चौधरी , फुलेश्वर महतो,संगीता चौधरी , जानुका पराजुली,ललित महतो,उधोग वाणिज्य संघका पुर्व अध्यक्ष अशोकलाल आमात्य , शिक्षक , अभिभावक लगायत विभिन्न मिडियाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो। लायन्स क्लबलाई स्कुल ब्याग खरिदकाे लागि डा. बालकृष्ण चौधरीले ५० हजार सहयाेग गरेको जनाइएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.