शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा क्यानमा संजय ठाकुर सर्वसहमत चयन
मंसिर १८, २०७९ | फिरोज शेख

सूचना प्रविधिको विकास एवं प्रर्वद्धनका लागी स्थापना भएको कम्पयुटर एसोसिएसन नेपाल महासंघ अर्थात क्यान महासंघ सिरहा शाखाको १३ औं वार्षिक साधारणसभा तथा ६ औं अधिबेशन बाट संजय कुमार ठाकुरको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति चयन भएको छ। कम्पयुटर एसोसिएसन नेपाल महासंघ सिरहा शाखाका अध्यक्ष नरेद्र कुमार सिंहको अध्यक्षता तथा लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतोको प्रमुख आतिथ्यता, क्यानका केन्द्रि सचिव दिपेन्द्रराज सिंह, धनगडीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो ,लहान क्यान्सर केयरका अध्यक्ष अशोक लाल अमात्य ,एभरेष्ट कलेजका संस्थापक अध्यक्ष धरणीधर अधिकारि,रोटरी क्लव अफ लहानका अध्यक्ष प्रदिप गुप्ता ,लहान नगरपालिका वडा न .४ का वडा अध्यक्ष रामनाथ पण्डित,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज संचालक फिरोज शेखको विशिष्ट आतिथ्यता संगै विभिन्न संघ संस्था बाट आउनु भएका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथिमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति चयन भएका छन्। 

सिरहा क्यानको नव गठित कार्यसमितिको जिल्ला अध्यक्षमा संजय कुमार ठाकुर,उपाध्यक्षमा कुमारी रानी,सचिवमा दिपेन्द्र महतो,सह-सचिवमा सुरेन्द्र कुमार महतो,कोषा अध्यक्ष सुनैना सिंह,सदस्यहरुमा मनोज कुमार शर्मा,नन्दकिशोर गुप्ता, इन्द्रजित कुमार साह ,मनोज कुमार यादव र अरुण कुमार महतो चयन भएका छन्। कार्यक्रममा उपस्थित सम्पूर्ण प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा क्यानले स्थापना कालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्य गर्दैं आइरहेको भएता पनि सिरहा जिल्लालाई सूचना प्रविधि क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप अगाडी बढन सुझाब दिदै प्रविधि क्षेत्रको विकासमा नयाँपन आवश्यक रहेकोमा जोड दिए । 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.