शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मेरी चिल्ड्रेन एकेडमीले २५ औँ वार्षिकोत्सव मनायो

9 Views

चैत्र ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत ४ - 
सिरहाको लहानमा विगत २५ वर्ष देखि निरन्तर संचालनमा रहेको लहान मेरी चिल्ड्रेन एकेडमीले आफ्नो २५ औँ वार्षिकोत्सव र अभिभावक दिवस मनाएका छन्। शुक्रबार लहान मेरी चिल्ड्रेन एकेडमीले विविध कार्यक्रम गर्दै आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका विशिष्ठ व्यक्तिहरुलाई सम्मान-पत्र तथा मायाको चिनोले सम्मानित गरेका छन्।  

वार्षिकोत्सवको अवसरमा एकेडमीका संस्थापक प्रिन्सिपल पाण्डव हमाल ठकुरीले लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष रमेश गौतम,नेपाल पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर गुप्ता लगायतका व्यक्तिहरुलाई सम्मान गरेका छन्। त्यस्तै इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्ट, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादव ,लहान सिटि जेसिजका अध्यक्ष तथा सरगम एफएमका प्रमुख फिरोज शेख, एभरेष्ट क्याम्पसका प्रमुख धरणीधर अधिकारी, पत्रकार शम्भु यादव, विनोद मण्डल, मैथिली फिल्म निर्देशक मोहम्मद आलम लगायतका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेका छन्। 
यसैगरी एकेडमीले एलएमसी एक्सपो २०७९ पनि आयोजना गरेको थियो । जसमा त्यही एकेडमीमा अध्ययनरत विद्यार्थीहरु आफ्नो ज्ञान सीप अनुसार विभिन्न सामग्री बनाएर प्रदर्शन गरेका थिए ।

यसै बीच शुभकामना मन्तव्यको क्रममा लहानको शिक्षा क्षेत्रको विकासमा मेरी चिल्ड्रेन एकेडमी स्कुलले ठूलो भूमिका खेलेको भन्दै मेयर  चौधरीले प्रशंसा गरेका थिए । असल शिक्षा दिनलाई मेरी चिल्ड्रेन राम्रो प्रयास गरेको उनले बताए। आफ्नै भवनमा संचालित भौतिक संरचनाले भरिपूर्ण यस विधालयमा हाल एक हजार भन्दा बढी विधार्थीहरु अध्यनरत रहेको स्कुलका प्रमुख पाण्डव हमाल ठकुरीले जानकारी दिए। कार्यक्रममा विधार्थीहरु द्वारा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.