शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा करियर काउन्सेलिङ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
जेठ २२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० जेठ २२ - 
सिरहाको लहानमा करियर काउन्सेलिङ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। अर्किड कलेज बिराटनगरको आयोजनामा आइतबार करियर काउन्सेलिङ तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लहान क्षेत्र भित्र संचालनमा रहेका विभिन्न शैक्षिक संस्थाहरु जस्तै: टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टर, जेनिथ एजुकेशानल ईन्स्टिच्युट , न्युटन एजुकेशनल वल्ड ,गोल्डेन एजुकेशनल ईन्स्टिच्युट , पाराडाइज कम्प्युटर ईन्स्टिच्युट लगायतका ईन्स्टिच्युटमा अध्यनरत तथा SEE नतिजाको पर्खाइमा रहेका करिब ६०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टरका प्रमुख भोलाजित नेपालले गर्नुभएको थियो " भने प्रमुख अतिथीको रुपमा लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतो रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिको रुपमा अर्किड कलेजका चेयरम्यान अमित ढकाल, प्रिन्सिपल दिपेश बास्तोला र डाइरेक्टर सि एम श्रेष्ठ रहनु भएको थियो । अतिथिहरुमा जेनिथका प्रमुख ललन चौधरी ,गोल्डेनका प्रमुख प्रसुन साह , न्युटनका प्रमुख कमलेश यादब,पाराडाइजका प्रमुख भुपेन साह लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा  SEE को नतिजा आए पश्चात के पढ्दा राम्रो ? वा नराम्रो बारे काउनसलरहरुले काउन्सेलिङ गरेका थिए। कार्यक्रममा सहभागी छात्रछात्राहरुले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.