शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टाइम्स एजुकेसन एण्ड रिसर्च सेन्टरको विदाई कार्यक्रम सम्पन्न

10 Views

असाड १५, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० असार १५ - 
टाइम्स एजुकेसन एण्ड रिसर्च सेन्टर प्रा.लि. शाखा कार्यलय लहानले व्रिज कोर्ष तथा इन्ट्रान्स प्रिपेशन गरेका विद्यार्थीहरुलाई शुक्रबार फरेवेल कार्यक्रमको आयोजना गरि विदाई तथा सम्मान गरेका छन्। टाइम्स एजुकेसन एण्ड रिसर्च सेन्टर प्रा.लि.का चीफ एग्जीक्यूटिव ऑफिसर भोलाजित नेपालको अध्यक्षता तथा लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोको प्रमुख आतिथ्यतामा सम्पन्न  विदाई तथा सम्मान कार्यक्रका अतिथिहरुमा लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख ,जनमत पार्टीका नगर अध्यक्ष शुभाष चन्द्र जयसवाल ,नेपाली कांग्रेस क्षेत्र न..१ का स-सचिव मुकेश महतो,लहान ८ का वडा सदस्य गोपी महतो ,जि.वि.स.स्कुलका प्रिन्सिपल राम शंकर साह , हिमालयन निकेतन विधालयका प्रिन्सिपल अमृतलाल चौधरी ,मनकामना स्कुलका शिक्षक महादेव महरा ,प्यारागन स्कुलका शिक्षक रविन जयसवाल ,मेडिकल ईन्सटिच्युट लहानका प्रमुख कमला आचार्य ,सत्कार होटल एण्ड टुरिजम संस्थापक राजेश गुरुङ ,अभिषेक धमला ,लेखनाथ माविका शिक्षक वरुण देव साह लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षक, व्रिज कोर्ष तथा इन्ट्रान्स प्रिपेशन गरेका सैयौ छात्रछात्राहरुको उपस्थिति रहेको थियो। कार्यक्रका वक्ताहरुले सम्पूर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना सहित उचित परामर्स दिएका थिए। कार्यक्रममा विधार्थीहरुले विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर मनोरंजन गराएका थिए। कार्यक्रमा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुलाई टाइम्स एजुकेसन एण्ड रिसर्च सेन्टर प्रा.लि.का सीईओ भोलाजित नेपालले सम्मानपत्र तथा मायाको चिनोले सम्मानित गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.