शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा शिक्षा विधेयकको विरोधमा ध्यानाकर्षण पत्र बुझाइयो

7 Views

साउन २४, २०८० | फिरोज शेख

िरोज शेख लहान २०८० श्रावन २४ - 
प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै देशै भरिका निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका छ। प्रस्तावित शिक्ष विधेयकमा कम्पनी मार्फत सञ्चालनमा रहेका विद्यालयहरू गुठी अन्तर्गत सञ्चालन गर्नु पर्ने नीति भएको भन्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका हुन्।सिराहाका निजी तथा आवासीय विद्यालयहरूका सस्थाहरु प्याब्सन सिरहा, एन प्याब्सन सिरहा र हिसान सिरहाले संयुक्त रुपमा निर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला शिक्षा तथा समन्वय इकाई सिरहा र सिरहा जिल्लाका १७ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

सरकारले कम्पनी मार्फत सञ्चालन भइरहेको शिक्षण संस्थालाई प्रस्तावित शिक्षा विधेयक मार्फत गुठी अन्तर्गत सञ्चालन गर्न लागेको भन्दै आन्दोलन सुरु गर्नु परेको प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले बताए। अध्यक्ष चौधरी सरकारले निजी विद्यालयका मागलाई नसमेटेको गुनासो गर्दै निजी लगानीका संस्थागत विद्यालयप्रति सरकार पूर्वाग्राही र संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण निर्णय गरेको भन्दै  शिक्षा विधेयक सबैलाई समेट्ने गरि आउनुपर्ने जोडदार मांग गरे।

विरोधका कार्यक्रम अन्तर्गत साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, साउन २५ गते विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरकृया गर्ने, २७ गने आन्दोलनको समीक्षा गर्ने ,साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता विरोधका कार्यक्रमहरु तय भएको जानकारी गराए ।

मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो । विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर-फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायतका व्यवस्थाप्रति सिराहा सहित देशै भरिका प्याब्सन, एन प्याब्सन र हिसानले आपत्ति जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.