शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा काउन्सेलिङ

11 Views

भाद्र ६, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ ६ - 
सिरहाको लहानमा अवस्थित टाइम्स एजुकेसन एण्ड रिसर्च सेन्टर प्रा.लि. लहान शाखाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ सम्मान तथा काउन्सेलिङ गरेका छन्। टाइम्स एजुकेसन एण्ड रिसर्च सेन्टरले +2 को नतिजामा उत्कृष्ट नतिजा ल्याउने ११ जना छात्र-छात्रालाई उज्जवल भविष्यको कामना गर्दै बुधबार सम्मान गरेका छन्। सम्मानित हुनेहरुमा जितेन्द्र कुमार ठाकुर, नेहा रौनियार,नागेन्द्र कुमार यादव,संगीता साह,कृति कुमारी चौधरी,सरस्वती सहनी,अजय कुमार यादव, रितेश झा,धिरज तिवारी, पुजा देव र बिभा कुमारी दास छन्। टाइम्स एजुकेसन लहान शाखाकि शाखा प्रमुख निर्मल साहको अध्यक्षतामा सम्पन्न सम्मान तथा काउन्सेलिङ कार्यक्रमको प्रमुख अतिथि हिमालयन कलेजका सह-प्राचार्य जितेन्द्र महतो रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा शिक्षक राजेश गिरि, रबिशंकर सिंह, रबिन जयसवाल रहेका थिए। कार्यक्रम टाइम्स एजुकेसन लहान शाखाको पराङ्गनमा सम्पन्न भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.