जेठ २०, २०८२ , Lahan
663 Views
फिरोज शेख लहान २०८२ जेठ २० -
सिरहाको लहानमा जारि यामाहा ब्लु फेस्टले उपभोक्ताको मन जित्दै तेस्रो दिन पनि जारि रहेको छ। लहानमा अवस्थित एस एस अटो सेन्टर ( यामाहा शो रुम ) को सहकार्यमा यामाहा नेपालले आयोजना गरेको बहुप्रतीक्षित यामाहा ब्लु फेस्ट जेठ १८ गते देखि सुरु भएको एक्स्चेन्ज तथा मोटो उत्सव २४ जेठ २०८२ सम्म सञ्चालन हुने यामाहाले जनाएको छ । नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी एक्स्चेन्ज कार्यक्रममध्ये एक मानिएको यामाहा ब्लु फेस्टले बाइकप्रेमीका लागि रोमाञ्चक अवसरहरू ल्याएको छ । कार्यक्रममा सहभागी भएर यामाहाको आकर्षक अफर र अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
लहान १ मेनरोड बालाजु पेट्रोल पम्पको अगाडी चौधरी होटलको छेउमा संचालन भइरहेको उक्त यमाहा ब्लु फेस्टमा कुनै पनि ब्रान्डको बाइक साट्न सकिने सुविधा रहेको जनाइएको छ। यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन, अन्य ब्रान्डका बाइकमा पनि न्यूनतम २५ हजारको मूल्यांकन (ट्याक्स क्लियरेन्स आवश्यक), एक्स्चेन्जमा थप १० हजार बोनस, ७.९९ प्रतिशत फाइनान्सिङ (ग्यारेन्टरविना), एक्सचेन्ज नगरी नयाँ बाइक वा स्कुटर खरिद गर्दा ६ हजार नगद छुट पाउनुका साथै विभिन्न एसेसिरिज पनि पाइने जनाएको छ। यस ‘यामाहा ब्लु फेस्ट’ लाई दुई दिनको अवधिमा पाँच सय भन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष रुपमा सहभागी भई अवलोकन गरेका छन् भने ४५ भन्दा बढी बाइक तथा स्कुटर बिक्रि भएका छन्। जस मध्ये बढी उपभोक्ताले आफ्नो गाडीको उचित मूल्यांकन संगै थप रु.१० हजार पाउदा हर्षित हुँदै एक्सचेन्ज गरि नयाँ बाइक तथा स्कुटर चढेर गएको एस एस अटो सेन्टरका संचालक संजिव कुमार साहले जानकारी दिनुभयो।
सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...
सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...
लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...
लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...
प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...