मंसिर २७, २०८२ , Lahan
697 Views
फिरोज शेख लहान २०८२ मङ्सिर २७ -
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित ‘प्याब्सन इन्टरस्कूल क्रिकेट लिग–२०२५’ प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न दुई खेलमा बेबी एन्जल र लोटस स्कूल विजय भएका छन्। पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै लोर्ड बुद्ध युनिक एकेडमी स्कुलले बेबी एन्जल सामु १५ ओभर २ बलमा अल आउट हुँदै ९० रनको चुनौती प्रस्तुत गरेको थियो। ९१ को विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका बेबी एन्जलका ब्याट्सम्यानहरुले उत्कृत प्रदर्शन गर्दै मात्र १० ओभर ५ बलमा ३ विकेट गुमाई ९१ रन बनाउदै ७ विकेटको सहज जित निकालेका छन्। खेलको म्यान अफ दि म्याच २ ओभर २ बलमा ७ रन खर्चेर ४ विकेट लिन सफल बेबी एन्जलका अर्नाब्य साह भएका छन्।
त्यस्तै शुक्रबारनै सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको लोटस इंगलिस बोर्डिंग स्कूलले बिबेक गुप्ताको ३५ र जोनी सिंहको २६ रनको मद्दत र ४५ अतिरिक्त रनको सहयोगमा १४९ रन बनाउदै संकल्प विधाशरम स्कुल सामु १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। १५० रनको लक्ष्य सहित मैदानमा उत्रेका संकल्पका खिलाडीहरु १६ ओभर ४ बलमा अल आउट भई मात्र ६२ रन बनाउदा ८७ रनले पराजित भएका छन् । खेलको उत्कृष्ट खिलाडी लोटसका विकेश चौधरी घोषित भए। चौधरीले २ ओभर ४ बलमा मात्र ६ रन खर्चेर संकल्पका ४ जना खिलाडीलाई आउट गर्न सफल भएका थिए। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेका छन।
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...