पौष ०३, २०८२ , Lahan
266 Views
सिरहा लहान २०८२ पौष ३ -
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित शि–लीड्स नेतृत्व संस्थान (SheLeads Leadership Institute) अन्तर्गत पहिलो समूहको पाँच दिने नेतृत्व तालिम सम्पन्न भएको छ। उर्सुला जिन्डेल हिल्टी फाउण्डेशनको सहकार्यमा २६ मंसिरदेखि १ पौषसम्म तालिम सञ्चालन गरिएको हो। तालिममा गणेशमान चारनाथ र कर्जन्हा नगरपालिकाका विभिन्न वडाबाट २० जना महिला तथा किशोरी सहभागी थिए। समुदायस्तरमा महिलाको नेतृत्व क्षमता विकास, कानुनी अधिकार, सामाजिक न्याय र स्थानीय शासनबारे सचेतना अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा कर्जन्हा नगरपालिकाका प्रमुख भोला प्रसाद पोखरेल र वडा अध्यक्ष दीपक कुमार केसीको उपस्थिति रहेको थियो। तालिमका क्रममा नेतृत्व विकास, हानिकारक परम्परागत अभ्यासविरुद्ध सचेतना, लैङ्गिक हिंसाविरुद्ध कानुनी उपाय, अधिकार प्रयोग गर्ने तरिका तथा समुदाय–आधारित परियोजना डिजाइनबारे प्रशिक्षण दिइएको थियो। तालिमले सहभागी महिलाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउने ऊर्जा थपेको आयोजक संस्थाले जनाएको छ।
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...