जेठ २९, २०८२ , Lahan
1147 Views
फिरोज शेख लहान २०८२ जेठ २९ -
सिरहाको लहानमा जिल्ला उधोग वाणिज्य संघ सिरहाको आयोजनामा आयोजित सरोकारबालाहरु संगको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संघको सभा हलमा सिराहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यमा बुधबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका विशिष्ट अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एस पी अनन्त राज शर्मा, सशस्त्र प्रहरी बल सिराहाका प्रमुख एस पी नरेश भण्डारी रहेका थिए भने अतिथीहरुमा नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज बनैता, ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डि एस पी कैलाश राई, सशस्त्र प्रहरी बल वेस क्याम्प, लहानका प्रमुख डि एस पी विष्णु हरि घिमिरे, जिल्ला ट्राफिक कार्यालय सिराहा लहानका प्रमुख ट्राफिक प्रहरी निरिक्षक पोषण राज थपलिया , धनगढिमाई बजार उधोग व्यापार समितिका अध्यक्ष सरोज महतो, गोलबजार उधोग ब्यापार संघका अध्यक्ष विजय साह तथा सुखिपुर ब्यापार समितिका अध्यक्ष सत्य नारायण यादब रहेका थिए ।कार्यक्रम जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाको अध्यक्षतामा भएको थियो ।
सुरक्षा तथा प्रशासनिक निकाय र ब्यवसायीहरुको बीचमा अन्तरक्रिया कार्यक्रम भएको थियो। कार्यक्रममा सहभागीहरुले व्यवसायिक समस्या , व्यापारीहरु माथि भइरहेको आक्रमण तथा फसाउने कार्यहरु ,बैंकको अनैतिक व्यवहार ,सुरक्षा चुनौती ,लागु औषध नियन्त्रण ,ट्राफिक समस्या ,सुनचाँदीमा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग बारे ध्यानाकर्षण लगायतका समस्याहरुको बारेमा उपस्थित सरोकारबालाहरुलाई जानकारी गराएका थिए। कार्यक्रममा संघको तर्फबाट प्रमुख अतिथि , विशिष्ट अतिथि लगायत अतिथिहरुलाई मायाँको चिनो तथा गम्छा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो ।


सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...