शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-25
  • माघ २५, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहाको लहानमा ‘एसओएस विन्टर इभेन्ट–२०८२’ भव्य रूपमा सम्पन्न || सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

माघ २५, २०८२ , Lahan

Image

सिरहाको लहानमा ‘एसओएस विन्टर इभेन्ट–२०८२’ भव्य रूपमा सम्पन्न

173 Views

फिरोज शेख लहान २०८२ माघ २५ - 
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले आयोजना गरेको ‘एसओएस विन्टर इभेन्ट–२०८२’ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। माघ १८ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको उक्त इभेन्ट अन्तर्गत खेलकुद, अतिरिक्त क्रियाकलाप तथा सृजनात्मक कला प्रदर्शनीका विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रमको समापन समारोह नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समापन समारोहमा ‘स्कुल अफ स्कलर्स’ सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक सुदिप कुशवाहाको अध्यक्षता रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।समापन समारोहमा इभेन्टमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरू तथा सहयोगी अभिभावकहरूलाई प्रमाण–पत्र, मेडल तथा कप प्रदान गरी सम्मान गरिएको थियो। पुरस्कार वितरणसँगै विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र अनुशासनको प्रशंसा गरिएको थियो।

‘एसओएस विन्टर इभेन्ट–२०८२’ अन्तर्गत विद्यालयमा अध्ययनरत करिब ७५० जना विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतियोगितासँगै खोज, अनुसन्धान र आविष्कारसम्बन्धी प्रदर्शनीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। इभेन्टमा ३० भन्दा बढी फरक–फरक विधा समेटिएको थियो। कार्यक्रम अन्तर्गत विज्ञान, गणित, चित्रकला, हस्तकला, साहित्यिक गतिविधि, कविता तथा निबन्ध प्रतियोगिता, हाजिरीजवाफ, हिज्जे प्रतियोगिता, वक्तृत्वकला, नाटक, नृत्यकला, वाद्यवादन, खेलकुद प्रतियोगिता लगायतका विविध गतिविधिहरू सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनात्मक सामग्री र प्रदर्शनीले अभिभावक तथा अतिथिहरूलाई आकर्षित गरेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मनोज बनैताले विद्यालयले शैक्षिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षामा दिएको प्राथमिकता प्रशंसनीय रहेको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
त्यस्तै अध्यक्ष सुदिप कुशवाहाले विद्यालयले स्थापना भएको छोटो समयमा नै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय सफलता हासिल गरेको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा र नविन कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।करोडौं रुपैयाँको निजी लगानीमा सुविधा सम्पन्न आधुनिक प्रविधिले सुसज्जित ‘स्कुल अफ स्कलर्स’ मा अनुभवी र दक्ष जनशक्तिबाट शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन भइरहेको विद्यालय प्रशासनले जनाएको छ। गुणस्तरीय शिक्षा, अनुशासन र प्रतिभा विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस विद्यालयले छोटो समयमै शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। समापन समारोहमा विधार्थीहारले विभिन्न जनचेतना मुलक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...