शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-21
  • माघ २१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

मंसिर २१, २०८२ , Lahan

Image

प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय

276 Views

फिरोज शेख लहान २०८२ मङ्सिर २१ - 
क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान–४ यज्ञभूमि क्रिकेट खेल मैदानमा शनिबार बाट सुरु भएको ‘ प्याब्सन इन्टरस्कूल क्रिकेट लिग–२०२५’ टी–२० प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा लिट्टिल स्टार स्कूल र प्यारागन स्कूल विजय भएका छन्। आइतबार सम्पन्न पहिलो खेलमा लिट्टिल स्टार स्कुलले ग्लोबल एकेडमीलाई १७ रनले पराजित गरेका छन्। टस हारेर पहिला ब्याटिंग गरेको लिट्टिल स्टारले २० ओभरमा ९ विकेट गुमाई १०९ रन बनाएका थिए। लिट्टिल स्टारका लागि आयुस यादव २८ , क्याप्टन नबिन साह १९ र अहमद रजा नट आउट रही १४ रन बनाउदै आफ्नो टिमलाई मध्यम स्कोर सम्म पुर्याउन सफल भएका थिए। बलिङ्ग तर्फ ग्लोबल एकेडमीका देवक्रिस यादव ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिन अफल भए भने नीतिस राय २८ र मेहुब आलम २६ रन खर्चेर २/२ विकेट लिन सफल भएका थिए। 

यसै बीच ११० रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका ग्लोवल एकेडमीका क्याप्टेन नितिश रायले ३५ र मेहुब आलमले १४ रन बनाउनु बाहेक कसैले पनि राम्रो खेलको प्रदर्शन गर्न सकेनन र १८ ओभर २ बलमा सबै विकेट गुमाउदै ९२ रन मात्र बनाउन सक्दा १७ रनले पराजित हुन् पुग्यो। ग्लोबललाई ९२ रनमा रोक्न म्यान अफ दि म्याच घोषित भएका आदित्य यादव कशिलो बलिङ्ग गर्दै ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए भने नबिन साह ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिंदै लिट्टिल स्टार स्कूललाई विजय बनाउन सफल भए। 

त्यस्तै आइतबारै सम्पन्न दोस्रो खेलमा प्यारागन स्कूलले मोडर्न आदर्श स्कूललाई ४ विकेटले हराउदै विजय भएका छन्। टस हारेर पहिला ब्याटिंग गरेका मोडर्न आदर्शले १५ ओभर ४ बलको सामना गर्दै ६९ रन समेटिएको थियो। मोडर्न आदर्शका लागि शिव सागर यादव १३ , अनुराग सिंह ८ र नितिश साह संगै महादेव रामले ७/७ रनको योगदान दिएका थिए। बलिङ्ग तर्फ प्यारागनका रमेश साहले ३ ओभरमा १२ रन,अभिनाश यादव ४ ओभरमा २३ रन ,  नितेश यादव ३ ओभरमा ७ रन र रुपेश यादव कसिलो बलिङ्ग गर्दै २ ओभर ४ बलमा ५ रन खर्चेर समान २/२ विकेट लिन सफल भएका थिए। 

समान्य ७० रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका प्यारागनका म्यान अफ दि म्याच घोषित भएका अभिषेक यादव १४ र मोहम्मद इमरान खान र अभिनाश यादवले ११/११ रन बनाउदै अतिरिक्त २० रनको सहयोगमा १२ ओभर ४ बलमा ६ विकेटको क्षतिमा ७० रन बनाउदै विजय भएका हुन्। बलिङ्ग तर्फ मोडर्न आदर्शका अनुराग सिंह ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने आयुष मण्डल ३ ओभर ४ बलमा १२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए।सिरहा जिल्लाका २८ वटा निजी विद्यालयको सहभागिता रहेको यस प्रतियोगिताको टाइटल स्पोन्सर तथा आयोजक प्याब्सन सिरहा रहेका छन् भने सहयोगीका रूपमा लहान क्रिकेट क्लब रहेका रहेका छन्। त्यसतै सिराहा जिल्ला क्रिकेट संघ , मधेश प्रदेश क्रिकेट संघ र क्रिकेट एशोसिएसन अफ नेपाल संग सहकार्य गरेका छन्। प्रतियोगिताको  मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेको छ। प्रतियोगिता अन्तर्गत सोमबार बिहान ९ बजे नेपाल आइडीएल स्कूल र नेशनल एकेडमी स्कूल बीच प्रतिस्पर्धा हुने छन् भने दिउँसो १ बजे बाट हुने खेलमा लहान मेरी चिल्ड्रेन र ओम सनराईज स्कूल आमुने सामुने हुने छन्। 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...