जेठ ३०, २०८२ , Lahan
1036 Views
फिरोज शेख लहान २०८२ जेठ ३० -
भूमिहिन र अव्यवस्थित बसोवासीलाई भूमि प्राप्तीका लागी जागरण यात्रा चलाएका अभियानिहरु लहानका नगरपालिकाका सरोकारवाला संग भेटवार्ता गरेका छन्। भुमिहिनलाई जागरुक गराउन तथा सकारको ध्यानाकर्षण गराउन राष्ट्रिय भूमि अधिकार मञ्च मधेश प्रदेशका पदाधिकारीहरु लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो र प्रमुख प्रशासकीय अधिकृत जय कान्त झा संग भेटवार्ता तथा छलफल गरेका छन्। भूमि अधिकारका लागि चलाइएको अभियानलाई जागरण यात्राको नाम दिइएको छ। टवार्ता तथा छलफलका क्रममा यस यात्राको मुख्य उदेश्य भूमिहिन र अव्यवस्थित बसोवासीलाई भूमि प्राप्तिका लागि जागरुक गराउन स्थानीयतह मार्फत भूमिहिन र अव्यवस्थित बसोवासीको लगत संकलन कार्य लाई गति प्रदान गर्न, भूमि समस्या समाधान आयोग मार्फत भइरहेका काममा समुदाय र स्थानीय सरकारको चासो र सवालहरु अभिलेख गरी सार्वजनिक गर्न तथा कोही पनि भूमिहिन जग्गा प्राप्तिबाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ जागरण यात्रा अभियानकै रुपमा अघि बढाइएको राष्टिूय भूमि अधिकार मञ्च नेपालका महासचिव फौद सिंह स्याङबाले बताउनु भयो । उनले भूमिहिन तथा कृषि कार्यमा संलग्न किसानको भूमि अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण भूमि व्यवस्था र दिगो कृषि प्रणाली स्थापित गर्न योगदान गर्ने तथा भूमिहिन समुदायको जुझारु सक्रियता आवश्यक रहेकाले जागरण यात्रा सुरु गरिएको स्पष्ट पारेका छन् ।
यस यात्रामा उनी सहित भूमि अधिकार मञ्च मधेश प्रदेशका सचिव अनुप माझी,सामुदायिक आत्मनिर्भर सेवा केन्द्र मधेश प्रदेशका कार्यक्रम अधिकृत ओम प्रकाश राम, अगुवाहरु सरस्वती शर्मा ,शोभा विश्वकर्मा ,ब्रह्मदेव हरिजन र खुश्बु ताजपुरिया समेत लहान नगरपालिकाका उपप्रमुख महतो र प्रमुख प्रशासकीय अधिकृत झा संग छलफल गर्दै लहान नगरपालिका भित्र रहनु भएका भूमिहीन एवं अव्यवस्थित बसोबासिको लगत एवं जग्गा व्यवस्थापन कार्यमा सघाउन आग्रह गरेका छन्। छलफलको क्रममा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आउदो आर्थिक बर्षको पहिलो साता बाटनै यस कार्यलाई अगाडी बढाउने भनि जानकरी गराएका छन्।
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...