श्रावण १९, २०८२ , Lahan
934 Views
फिरोज शेख लहान २०८२ सावन १९ -
प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका सिरहा सहित तराई मधेशका किसानहरुलाई तत्काल राहत प्याकेज उपलब्ध गराउनुपर्ने माग गर्दै जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सिराहाले आइतबार प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्र र प्रदेश दुबै सरकारले तराई मधेशका किसानहरुको समस्याप्रति गम्भीर नभएको भन्दै जनता समाजवादी पार्टी नेपाल सिरहाका नेता कार्यकर्ताहरुले हिजो जिल्ला प्रशासन कार्यालय सिराहा मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सिराहाका अध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा हिजो जिल्ला प्रशासन कार्यालय सिराहा पुगेका जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन । खुक्सा र खडेरीका कारण समस्यामा परेका मधेशका किसानलाई तुरुन्त राहत प्याकेज घोषणा गरी उपलब्ध गराउनुपर्ने, उखु किसालाई संघीय सरकारले उपलब्ध गराउने अनुदान रकम तुरुन्त उपलब्ध गराउनुपर्ने लगाएत ११ बुँदे विभिन्न माग राख्दै उनिहरुले ज्ञापनपत्र बुझाएका हुन ।
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...