जेठ २५, २०८२ , Lahan
983 Views
सिरह लहान २०८२ जेठ २५ -
जनसंख्या र भूगोलको हिसाबले जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तहको रूपमा रहेको सिराहाको लहान नगरपालिकाले चालूसहित पछिल्लो तीन आर्थिक वर्षको समीक्षा गर्दै व्यक्तिगत घटना दर्तादेखि एम्बुलेन्स, अपांगता र ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा सञ्चालन गरिरहेको जनाएको छ। नगर सभाकक्षमा नगर प्रमुख महेशप्रसाद चौधरीले शनिबार बिहान पत्रकार सम्मेलनमार्फत आ.व.०७९/८०, ०८०/८१ र ०८१/८२ मा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सडक कालोपत्रे, धार्मिक, सांस्कृतिक व्यापार र खेलकुद क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरिएको बताए।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा नगर क्षेत्रमा जन्म, मृत्यु र विवाह दर्ता तथा नागरिकता सिफारिस दस्तुर निःशुल्क, मुसहर समुदायलाई किरियाखर्चबापत पाँच हजार रुपैयाँ नगद सहयोग, उपचार, प्रसूतिका लागि नगरस्थित स्वास्थ्य संस्थासम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा र अपांग तथा वृृद्धवृद्धालाई निःशुल्क बस सेवा दिइरहेको उल्लेख छ। ‘निःशुल्क एम्बुलेन्स सेवाबाट एक हजार र करिब सात हजारभन्दा बढी अपांगत भएका तथा वृद्धवृद्धाहरूले निःशुल्क बस सेवा लिएका छन्,’ नगर प्रमुख चौधरीले भने।
नगरपालिकाले हरेक महिनाको २२ गते फरक-फरक वडामा गर्भवती, सुत्केरी महिलालाई खाद्यान्नसहित पोषण प्याकेज खाद्यान्न वितरणअन्तर्गत अहिलेसम्म करिब चार हजारजना लाभान्वित भएको विज्ञप्तिमा उल्लेख छ। नगरका गरिब, विपन्न परिवारमा कसैको मृत्यु भएका दाहसंस्कार गर्न चार क्विन्टल दाउरा दिँदै आएको नगरपालिकाले करिब एक हजार दलित, विपन्न घरपरिवारलाई स्वच्छ खानेपानीका लागि धारा जडान गर्न प्रतिपरिवार तीन हजार तीन सय २० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...