शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-07-28
  • कार्तिक २८, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

जेठ २५, २०८२ , Lahan

Image

लहान नगरपालिकाको तीनवर्षे समीक्षा

850 Views

सिरह लहान २०८२ जेठ २५ - 
जनसंख्या र भूगोलको हिसाबले जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तहको रूपमा रहेको सिराहाको लहान नगरपालिकाले चालूसहित पछिल्लो तीन आर्थिक वर्षको समीक्षा गर्दै व्यक्तिगत घटना दर्तादेखि एम्बुलेन्स, अपांगता र ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा सञ्चालन गरिरहेको जनाएको छ। नगर सभाकक्षमा नगर प्रमुख महेशप्रसाद चौधरीले शनिबार बिहान पत्रकार सम्मेलनमार्फत आ.व.०७९/८०, ०८०/८१ र ०८१/८२ मा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सडक कालोपत्रे, धार्मिक, सांस्कृतिक व्यापार र खेलकुद क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरिएको बताए।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा नगर क्षेत्रमा जन्म, मृत्यु र विवाह दर्ता तथा नागरिकता सिफारिस दस्तुर निःशुल्क, मुसहर समुदायलाई किरियाखर्चबापत पाँच हजार रुपैयाँ नगद सहयोग, उपचार, प्रसूतिका लागि नगरस्थित स्वास्थ्य संस्थासम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा र अपांग तथा वृृद्धवृद्धालाई निःशुल्क बस सेवा दिइरहेको उल्लेख छ। ‘निःशुल्क एम्बुलेन्स सेवाबाट एक हजार र करिब सात हजारभन्दा बढी अपांगत भएका तथा वृद्धवृद्धाहरूले निःशुल्क बस सेवा लिएका छन्,’ नगर प्रमुख चौधरीले भने।

नगरपालिकाले हरेक महिनाको २२ गते फरक-फरक वडामा गर्भवती, सुत्केरी महिलालाई खाद्यान्नसहित पोषण प्याकेज खाद्यान्न वितरणअन्तर्गत अहिलेसम्म करिब चार हजारजना लाभान्वित भएको विज्ञप्तिमा उल्लेख छ। नगरका गरिब, विपन्न परिवारमा कसैको मृत्यु भएका दाहसंस्कार गर्न चार क्विन्टल दाउरा दिँदै आएको नगरपालिकाले करिब एक हजार दलित, विपन्न घरपरिवारलाई स्वच्छ खानेपानीका लागि  धारा जडान गर्न प्रतिपरिवार तीन हजार तीन सय २० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...

लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...

सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...

लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...

लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...

प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...