श्रावण १७, २०८२ , Lahan
655 Views
सिरह लहान २०८२/सवान १७ -
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशनमा लहान २३ निवासी शियाराम यादव कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशन ३१ जुलाई २०२५ मा सम्पन्न भएको हो।अधिवेशन निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईँको संयोजनमा सम्पन्न भएको यस अधिवेशनमा निर्विरोध निर्वाचित भएका यादवलाई एनआरएनए कतारतर्फबाट प्रमाण–पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। रेडियो सरगम ९३ मेघाहर्जमा सन्चारकर्मीको रुपमा आफ्नो महत्वपूर्ण योगदान पुर्याउदै रोजगारीको सिलसिलामा कतार पुग्नु भएका यादव सामाजिक संघ–संस्थामा निरन्तर सक्रिय रहँदै आएका छन्। कतारमा कार्यरत रही नेपाली समाज कतारमा प्रेस संयोजकको जिम्मेवारी सम्हाल्दै उल्लेखनीय सेवा र योगदान पुर्याउँदै आएका उहाँलाई सोही संस्थाले योग्य ,सक्रियता र समर्पणको उच्च मूल्याङ्कन गर्दै एनआरएनए, राष्ट्रिय समन्वय परिषद् कतारमा उम्मेदवारीका लागि सिफारिस गरेको थियो।निर्वाचित भएपछि शियाराम यादवले आफ्नो यात्रामा विशेष साथ र सहयोग पुर्याएको नेपाली समाज कतार प्रति हृदयदेखि आभार व्यक्त गर्दै, आगामी दिनमा प्रवासी नेपाली समुदायको हित, अधिकार र सम्मानका लागि अझ समर्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...