मंसिर २२, २०८२ , Lahan
287 Views
फिरोज शेख लहान २०८२ मङ्सिर २२ -
सामाजिक संस्था सोवरस एक्सन नेपालद्वारा लहान नगरपालिका र सखुवानन्कारकट्टी गापा भित्र रहेका ३ वटा आधारभूत विधालयमा अध्यनरत बालबालिकाहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ । लहान नगरपालिका वडा न २ मा अवस्थित भानु आधारभूत विधालय , लहान १५ मा अवस्थित श्री राजदेवी आधारभूत विद्यालय र श्री आधारभूत विधालय सखुवानन्कारकट्टी खर्बोना ४ मा आइतबार उक्त संस्थाले युवा तथा खेलकुद मन्त्रि बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा बालिकाहरुलाई न्यानो ज्याकेट वितरण गरेको हो। चिसो मौसममा बालबालिकाहरुलाई पठन पाठनमा सहयोग पुगोस भन्ने उदेश्यका साथ् न्यानो ज्याकेट वितरण गरिएको संस्थाका प्रोजेक्ट म्यानेजरले जानकारी दिए।
उक्त संस्थाले बालबालिकाहरुलाई गरिएको सहयोगले सकारत्मक सन्देश छाएको लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी कथन छ । उनका अनुसार उक्त संस्था विगत देखिनै शैक्षिक क्षेत्रमा सहयोग प्रदान गर्दै आईरहेको चिरपरिचित सामाजिक संस्था हो। गरिब ,दलित र निमुखा जनताहरुको बालबालिका अध्यन गर्ने विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरि अति नै सराहनीय कार्य गरेको भनि प्रशंसा गर्नु भयो। यस संस्थाले लहान नगरपालिका वडा न २ मा अवस्थित भानु आधारभूत विद्यालयमा अध्यनरत ९० जना , लहान १५ मा अवस्थित श्री राजदेवी आधारभूत विद्यालयमा अध्यनरत ९५ जना र सखुवानन्कारकट्टीका श्री आधारभूत विधालयमा ९८ जना बालबालिकाहरुलाई युवा तथा खेलकुद मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट वितरण गरिएको हो।
त्यस्तै युवा तथा खेलकुद मन्त्रि गुप्ताले आफ्नो मन्त्रालय बाट लहान नगरपालिका , लक्ष्मीपुर पतारी र भगवानपुर गाउँपालिका भित्रका विभिन्न कल्बहरुलाई फुटबल ,भलिबल र नेट लगायतका खेलकुद सामग्रीहरु हस्तान्तरण गरेका छन्। खेल सामग्री हस्तान्तरण कार्यक्रम लहान १४ स्थित बस्तीपुर मावि र लक्ष्मीपुर पतारी स्थित जनता डोमी चौधरी प्राविधिकधार विधालय पर्सा पोखरभिण्डामा आयोजना गरिएको थियो।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...