मंसिर २८, २०८२ , Lahan
341 Views
फिरोज शेख लहान २०८२ मङ्सिर २८ -
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित ‘प्याब्सन इन्टरस्कूल क्रिकेट लिग–२०२५’ प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा लोटस इंगलिस स्कुल र लक्ष्मी एजुकेशनल विजय भएका छन्। आइतबार सम्पन्न पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै लोटस स्कुलले राजा साहको ५४ रनको उत्कृष्ट ब्याटिंगको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १५० रन बनाएको थियो। ओम सनराइज स्कुलका खिलाडीहरु १५१ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्दै १८ ओभर ४ बलमा अल आउट भई ९६ रनमा समेटिदा
लोटस इंगलिस स्कुल ५४ रनले विजय भएका छन्। खेलको उत्कृष खिलाडी लोटसका क्यापटन विकेश चौधरी भएका छन्। चौधरीले ४ ओभर बलिङ्ग गर्दा १० रन खर्चेर ४ विकेट लिएका थिए।
त्यस्तै दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नाइटिंगगल स्कुल १७ ओभरमा सबै विकेट गुमाई ७९ रन बनाई लक्ष्मी एजुकेशन समक्ष ८० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्मीका खिलाडीहरु १५ ओभर ३ बलमा ७ विकेट गुमाई लक्ष्य प्राप्त गर्दै ३ विकेटको महत्वपूर्ण जित निकालन सफल भएका छन् । खेलको उत्कृष्ट खिलाडी लक्ष्मीका क्याप्टन अरुण यादव घोषित भए। यादवले ४ ओभरमा १६ रन खर्चेर ३ जना खिलाड़ीलाई आउट गर्न सफल भएका थिए। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेका छन।
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...