भदौ ३०, २०८२ , Lahan
831 Views
सिरहा २०८२ भदौ ३०।
सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि लगाइएको आरोपलाई झुठा र भ्रामक भन्दै खण्डन गरेका छन्। उनले सोमबार पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको दाबी गरेका हुन्। अध्यक्ष सिंहमाथि जेनजिको आन्दोलनको दोस्रो दिन राति वडा कार्यालय पुगेको र त्यहाँको महत्वपूर्ण कागजात तथा कम्प्युटर चोरी गर्न खोजेको आरोप केही स्थानीय र राजनीतिकर्मीहरूले लगाएका थिए। तर अध्यक्ष सिंहले भने, म चोरी गर्ने नियतले होइन, गोप्य सूचनाका आधारमा सुरक्षाको दृष्टिकोणले कार्यालय पुगेको हुँ। सूचना पाएपछि मैले वडा सदस्य र सचिवलाई जानकारी गराएँ र दुई जना वडा सदस्यसँगै कार्यालय गएको हुँ।
उनले आरोपलाई व्यक्तिगत दुश्मनी र बदनाम गराउने नियतका कारण सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रचारबाजी गरिएको बताए। त्यसबेला को कहाँ छ भन्ने प्रष्टै थिएन। मलाई सूचना आएको थियो, कार्यालयमा तोडफोड र आगजनी गर्ने योजना बनेको छ। त्यसैले म सुरक्षाको दृष्टिकोणले पुगेको उनले स्पष्ट पारे।
सिंहका अनुसार त्यतिबेला केही स्थानीय र राजनीतिकर्मीले आफुजरु पनि सुरक्षाको दृस्ठिकोणले हेर्ने भनेर आग्रहपछि उनीहरूले सामग्री तथा मोटरसाइकल त्यहाँ राखेर फर्किएका थिए। तर पछि हामीलाई चोरी गर्न आएको र मोटरसाइकल छाडेर भागेको आरोप लगाइयो, जुन सरासर गलत, झुठा र भ्रामक रहेको बताए । यता,स्थानिय र वडा सद्स्य सहित वडा सचिवले आफुहरुलाई जान्कारी गराएर नै वडा अध्यक्षले केही स्थानिय र सदस्यको पहलमा वडाका समाग्री सुरक्षित स्थानमा सार्न गएको बताए । हाम्रो सबैको सल्लाहमा नै समाग्री सार्न आएको र केही स्थानिय र राजनितिकर्मीले लगाएको चोरीको आरोप झुठो र भ्रामक रहेको बताए । सत्य तथ्य बुझेर मात्र बिश्वास गर्न उनिहरुले आग्रह गरे । यही विषयलाई लिएर आज अध्यक्ष सिंहले पत्रकार सम्मेलन आयोजना गर्दा दुई समूहबीच विवाद चर्किँदा झडप भएको हो।

सिरहाको लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन भइरहेको छ।...
सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...