जेठ १५, २०८२ , Lahan
440 Views
फिरोज शेख सिरहा, २०८२ जेठ १५ -
सिरहामा १८औ गणतन्त्र दिवस भव्यताका साथ मनाइयो छ। गणतन्त्र दिवसको अवसरमा सिरहामा जिल्ला स्तरीय मूल समारोह समितिको आयोजनामा प्रभात फेरी कार्यक्रम , फलफुल वितरण लगायतका जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न गरेका छन्।कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति (जिसस) सिरहाका सभापति दिनेश कुमार महतोको अध्यक्षतामा सम्पन्न्न उक्त कार्यक्रमहरुका प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर डा. नवीन यादव रहेका थिए। कार्यक्रममा जिसस उप सभापति दिलिप लामा ,प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूकासाथै सरकारी तथा गैरसरकारी कार्यालय प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम अन्तर्गत थाना चोकदेखि महावीर चोकसम्म एक भव्य र्याली समेत आयोजना गरिएको थियो। र्यालीमा विभिन्न समुदायका नागरिक, विद्यालयका विद्यार्थी, सामाजिक संस्था तथा संघसंस्थाहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो।यसै अवसरमा, प्रादेशिक अस्पताल सिरहामा उद्योग वाणिज्य संघको आयोजनामा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको थियो। गणतन्त्र स्थापनाको दिवसलाई नागरिक स्वतन्त्रता, समावेशी लोकतन्त्र र गणतान्त्रिक मूल्य–मान्यताको सम्मान तथा संरक्षण गर्ने अवसरका रूपमा सिरहामा मनाइएको जनाइएको छ।
यसै बीच लहान नगरपालिकाले सरसफाइ कार्यक्रम गरि गणतन्त्र दिवस मनाएका छन्।लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा सरोकारवालाहरुको उपस्तिथिमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।
सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...
सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...
लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...
लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...
प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...