मंसिर १३, २०८३ , Lahan
204 Views
फिरोज शेख लहान २०८३ मंसिर १२ -
सिरहाको लहानस्थित लहान मनकामना अस्पताल तथा प्रसूति गृह प्रालिले विशेषज्ञ चिकित्सकसहित आधुनिक स्वास्थ्य सेवाको विस्तार गरेको छ। अस्पतालले सिरहा जिल्लामै पहिलोपटक ल्याप्रोस्कोपी अर्थात् दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको जनाएको छ।अस्पतालले विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा सेवा विस्तार गर्दै बिरामीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय तथा आधुनिक स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ। अस्पतालमा डा. शशिकुमार मण्डल (एमडी इन्टरनल मेडिसिन) द्वारा छाती, पेट, मुटु तथा मधुमेह रोगको उपचार सेवा उपलब्ध छ। त्यस्तै, डा. रामविनय रायले स्त्री तथा प्रसूति रोग, डा. सुरजकुमार यादवले नवजात शिशु तथा बालरोग, डा. शैलेन्द्र साहले जनरल सर्जरी तथा डा. विनोद सिंहले हाडजोर्नी तथा नसा रोगसम्बन्धी उपचार सेवा प्रदान गर्दै आउनुभएको छ।
अस्पतालका अनुसार ल्याप्रोस्कोपी प्रविधिबाट एपेन्डिसाइटिस, पत्थरी, हर्निया तथा महिलाको पाठेघरसँग सम्बन्धित विभिन्न रोगको उपचार गर्न सकिनेछ। विशेष क्यामेरा तथा सूक्ष्म उपकरणको प्रयोगबाट सानो चिरामार्फत शल्यक्रिया गरिने भएकाले परम्परागत शल्यक्रियाको तुलनामा बिरामीलाई कम घाउ र छिटो निको हुने सुविधा मिल्ने अस्पतालले जनाएको छ।
यसका साथै अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, एनआईसीयू, आईसीयू, फार्मेसी, वातानुकूलित एम्बुलेन्स, ओपीडी, प्रसूति तथा बालरोग सेवा उपलब्ध छन्। त्यस्तै, शल्यक्रियामार्फत बच्चा जन्माउने सेवा, आधुनिक प्रयोगशालाबाट परीक्षण, भिडियो एक्सरे, एक्सरे तथा ईसीजी सेवा पनि सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। हाइड्रोसिल, बवासीर, शरीरमा देखिने गाँठागुठी, फिस्टुला, एपेन्डिसाइटिस तथा पाठेघरसँग सम्बन्धित रोगहरूको उपचारसमेत अस्पतालबाट उपलब्ध हुँदै आएको छ। लहान नगरपालिका–३, अस्पताल चोकमा रहेको अस्पतालले आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक तथा विभिन्न स्वास्थ्य सुविधामार्फत स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। थप जानकारी तथा सेवाका लागि अस्पतालको सम्पर्क नम्बर ०३३–५६३६१६ र मोबाइल नम्बर ९८०१५१५९४३ तथा ९८५२०३२३३६ मा सम्पर्क गर्न सकिनेछ।

सिरहाको लहानमा कोडा इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस्टर एण्ड...
कोडा इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन् गइरहेको ‘मिस्टर एण्ड मिस सिरहा...
नेपालको महान चाड शुभ दिपावली ,तिहार र छठ पर्वको अवसरमा...
सिरहाको लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन भइरहेको छ।...
सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...