जेठ १७, २०८२ , Lahan
1154 Views
फिरोज शेख लहान २०८२ जेठ १७ -
सिरहामा पनि विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइएको छ। विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागूपदार्थ सेवन न्यूनीकरणसम्बन्धी सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सिरहामा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय सिरहा,मधेस प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले अध्यक्षता गर्नुभएको थियो।भने कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो रहनु भएको थियो।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप कुमार लामाको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, पत्रकारहरू लगायत सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त अन्तरक्रियामा सहभागीहरूले सुर्तीजन्य पदार्थ, मादक पदार्थ र लागूपदार्थ सेवनका कारण उत्पन्न हुने स्वास्थ्य र सामाजिक समस्याका बारेमा विस्तृत छलफल गरेका थिए। कार्यक्रममा सहभागीहरूले जनचेतना अभिवृद्धि र नीति निर्माणमा जोड दिनुपर्नेमा जोड दिएका थिए।विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो। १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो।
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...