भदौ १५, २०८२ , Lahan
440 Views
फिरोज शेख लहान २०८२ भदौ १५ -
लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको अध्यक्षमा गोपाल गुप्ता निर्वाचित भएका छन्। उनले १९ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी धनञ्जय गुप्तालाई २ मतले पछि पार्दै विजय भएका हुन्।निकटतम प्रतिद्वन्द्वी धनञ्जय गुप्ताले १७ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा दिपक साह (दिपु) २० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी अनिस साहले १३ मत र राजेश गुप्ताले ३ मत प्राप्त गरेका थिए।
सचिव पदमा सुरेन्द्र शर्माले १४ मत ल्याई जित हासिल गरे भने उनका निकटतम प्रतिस्पर्धी सिकेन्द्र सिंहले १२ मत र प्रेम ठाकुरले १० मत प्राप्त गरेका थिए।कोषाध्यक्षमा फैज आलम (लडन) २१ मतसहित विजयी भएका छन्। भने उनका प्रतिद्वन्द्वी राहुल झाले १५ मत प्राप्त गरेका छन्।त्यस्तै निर्वाचित सदस्यहरुमा रामलाल गुप्ता, रमेश साह, इन्द्र प्रसाद गुप्ता र अमन जयसवाल रहेका छन्। यसै बीच संघका सल्लाहकारहरुमा राजेन्द्र प्रसाद साह रौनियार, राम भरोस चौधरी, जसिम शेख, छोटु अन्सारी र धनञ्जय गुप्ता चयन भएका छन्।
=जम्मा ३८ जना सदस्य रहेको संघको निर्वाचनमा ३६ मत खसेको निर्वाचन अधिकृत राजेन्द्र प्रसाद साह रौनियारले जानकारी दिएका छन्। उनका अनुसार सहमतिमै पदाधिकारी चयन गर्ने प्रयास भए पनि सहमति नजुटेपछि निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन गरिएको हो। कार्यक्रम लहानस्थित विशाल होटलको सभाहलमा हिजो अबेर राति सम्पन्न भएको थियो।कार्यसमिति गठनको प्रक्रिया संघका निवर्तमान अध्यक्ष जसिम शेखको अध्यक्षतामा सम्पन्न भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...