शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-21
  • माघ २१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

जेठ ३१, २०८२ , Lahan

Image

दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा

1064 Views

फिरोज शेख लहान २०८२ जेठ ३१ - 
सिरहाको लहान वजारमा सञ्चालनमा रहेका मासु तथा दुध डेरी पसलको अनुगमन गरिएको छ । शुक्रबार संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।लहान नगरपालिका पशु विकास संयोजक वडा न.१५ का वडा अध्यक्ष तेज नारायण चौधरीको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलिले गरेको अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ। अनुगमन टोलीले व्यवसायीलाई मापदण्ड अपनाएर व्यवसाय गर्ने निर्देशन दिएको छ । लहान वजारमा सञ्चालित अधिकांस मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ। नगरपालिकामा सञ्चालन रहेका दर्जनौ मासु पसल र तिन वटा दुध डेरी पसलको अनुगमन गरिएको हो। 

लहान नगरपालिका पशु विकास शाखाको आयोजनामा आयोजित अनुगमन कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका अधिकृत राजन बुढाथोकी, पशु विकास शाखा अधिकृत रामकृष्ण यादव, घरेलु तथा साना उधोग कार्यलय लहानका बैधनाथ झा, उपभोक्ता संरक्षण हित मंचका जिबछ चौधरी , उपभोक्ता मंचका प्रतिनिधि यमुना खनाल , शेख मिडिया हाउसका अध्यक्ष फिरोज शेख ,ईलाका प्रहरी कार्यलयका प्रतिनिधि ,नगरपालिकाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरुको संयुक्त टोलीले सदाम फ्रेस मिट हाउस , न्यु थारु मिट हाउस ,न्यु चौधरी फ्रेस मिट हाउस,मुस्ताक फ्रेस मिट हाउस ,लहान फ्रेस मिट हाउस ,न्यु सदाम फ्रेस मिट हाउस ,ललन फ्रेस हाउस एण्ड सप्लायर्स ,शिवम सप्लायर्स ,बिस्मिल्लाह फ्रेस मिट हाउस , श्री न्यु राधा कृष्ण डेरी उधोग ,न्यु राधे राधे डेरी उधोग र माता सन्तोषी डेरी उधोग प्रालिको अनुगमन गर्दा अधिकांश मासु पसल दर्ताबिना नै सञ्चालनमा रहेको, दर्ता भएकाहरु पनि नवीकरण नगरेको, अधिकांश मासु पसल फोहर र दुर्गन्धित रहेको, ढक तराजू व्यवस्थित नगरेको, मूल्यसूची नराखेको पाइए पछि सात दिनभित्र सुधार गर्न सुझाव दिइएको छ। मासु पसलभित्र सेतो टायल तथा चिप्लो भुइँ अनिवार्य गर्न भनिएको छ। साथै, सार्वजनिक नालामाथि मासु बेच्ने पसलेहरुको समान हटाइएको छ। त्यसैगरी अनुगमनको क्रममा भेटिएका तीन डेरीमध्ये दुई वटा डेरीको मापदण्ड नपुगेको पाइएपछि सम्बन्धित व्यवसायीलाई १५ दिन भित्र मापदण्ड पुरा तथा सुधार गरि खाद्य तथा गुण नियन्त्रण कार्यालय राजबिराजमा सम्पर्क गर्न पत्र काटिएको छ।

स्थानीय सरकारलाई नगरपालिका भित्रमा सञ्चालित मासु पसल तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालन गरेको जानकारी भएपनि नियमित रुपमा वजार अनुगमन भने हुन सकेको छैन । सार्वजानिक रुपमा गरिने मासु व्यापारले कानुनी मापदण्ड पुरा नगरेकाले पनि स्थानिय तहले ति मापदण्ड विपरितका मासु पसलहरु लाई कानुनी दायरामा लिन सकेको छैन । जसका कारण मासु पसलहरुले व्यापारका नाममा उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको उपभोक्ताको भनाई रहेको छ । स्थानिय प्रशासन तथा स्थानिय तहहरुले मासु पसलहरुको व्यावस्थापनका लागि व्यावस्थापन भन्दा पनि अनुगमनको पाटो लाई मात्रै ध्यानमा राख्दा उपभोक्ताहरुले झिँगा भन्केको मासु खानुपर्ने वाध्यता रहेको छ।अनुगमन टोलीले विहिबार भेटेरिनरी औषधि पसलहरुको अनुगमन गरेको थियो।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...