जेठ २७, २०८२ , Lahan
1010 Views
फिरोज शेख लहान २०८२ जेठ २७ -
सिरहा सहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ चौथो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । लहान सहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् । गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ। गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।
राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल लहानमा अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेको डा.धिरज कुमार साहको भनाइ छ। डा. साहले भन्नुभयो, “गर्मी बढेसँगै लहानमा हिट स्ट्रोक अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ। दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा.साहको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो । यता गर्मी बढेसँगै बजारमा चिसो पेयपदार्थको माग ह्वात्तै बढेको छ। अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ। अहिले लहान बजारका होटल तथा चोकचोकमा चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ । अहिले बजारमा उखुको जुस, सर्बत, लस्सी, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको मुङ्गेरिया स्विट्स हाउसका सञ्चालक राजु साहले बताउनुभयो ।

सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...
सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...
लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...
लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...
प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...