मंसिर २५, २०८२ , Lahan
998 Views
फिरोज शेख लहान २०८२ मङ्सिर २५ -
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित ‘ प्याब्सन इन्टरस्कूल क्रिकेट लिग–२०२५’ प्रतियोगिता अन्तर्गत विहिबार सम्पन्न दुई खेलमा सिरहा एजुकेशनल र पाराड़ाईज स्कूल विजय भएका छन्। पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै न्यु मनकामना स्कुलले सिरहा एजुकेशनल सामु १९ ओभरमा अल आउट हुँदै १०४ रनको चुनौती प्रस्तुत गरेको थियो। १०५ को विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका सिरहाका ब्याट्सम्यानहरुले उत्कृत प्रदर्शन गर्दै मात्र १५ ओभर ३ बलमा ५ विकेट गुमाई १०७ रन बनाउदै ५ विकेटको सहज जित निकालेका छन्। खेलको म्यान अफ दि म्याच ३३ रन बनाएका सौरभ यादव भएका छन्।
त्यस्तै विहिबारनै सम्पन्न दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको पाराड़ाईज स्कूलले राम मण्डलको ५४ रनको मद्दतले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १३५ रन बनाई नोवा पिक एकेडमी स्कुल सामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १३६ रनको लक्ष्य सहित मैदानमा उत्रेका नोवा पिक एकेडमीका खिलाडीहरु १६ ओभर ४ बलमा अल आउट भई मात्र ६५ रन बनाउदा पाराड़ाईज स्कूल ७० रनको फराकिलो जित निकालेका छन्। खेलको उत्कृष्ट खिलाडी हाप्सेंचुरी हानेका पाराड़ाईजका राम मण्डल घोषित भए। प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा लर्ड बुद्धा स्कुल र बेबी एन्जल स्कुल र दोस्रो खेलमा लोटस इंगलिस स्कुल र संकल्प विधाशराम स्कुल बीच हुने आयोजकले जनाएका छन्। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेका छन।
सिरहाको लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन भइरहेको छ।...
सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...