असार १७, २०८२ , Lahan
1260 Views
२०८२ असार १७ मंगलवार -
नेकपा एमालेका लहान नगर अध्यक्ष राजकुमार साहले नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताको चरित्र हत्याको प्रयास गरेर उदण्डता देखाएका छन् ।साहले तत्कालै सार्वजनिक गर्नुपर्ने भिडिओ वर्षौंपछि सार्वजनिक गरेको भन्दै सभापति बनैतामाथि असभ्य भाषा प्रयोग गरेका हुन् । उनले कुन भिडिओ ? र कसको भिडिओ ? भन्ने विषयमा केहि उल्लेख गरेका छैन् ।उनले कसको भिडिओ विषयमा कुरा गरेको भन्ने विषय नखुलाई पत्रकार महासंघ सिरहाको सभापति बनैतामाथि गरेको असभ्य टिप्पणी नै छानविनको विषय बनेको छ । एमाले लहानका नगर अध्यक्ष जस्तो पदमा बसेर बदनियतपूर्ण ढंगले गरेको टिप्पणीमा उनकै आलोचना भइरहेको छ ।
यता, पत्रकार महासंघ सिरहाका सचिव मुकेश यादवले विज्ञप्ती जारी गरेर साहमाथि कारबाहीको माग समेत गरेका छन् ।सभापति बनैताविरुद्ध सामाजिक सन्जाल फेसबुकमा एमालेका लहान नगर अध्यक्ष साहले भ्रमपूर्ण र बदनियतपूर्ण ढंगले आक्षेप लगाएका वक्तव्यप्रति घोर भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्न महासंघ विज्ञप्तीमार्फत् माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘यदि कुनै भिडियो सामाग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको न केवल अधिकार हो, कर्तव्य पनि हो । सोही भिडियोलाई लिएर एमाले नगर अध्यक्ष साहले पत्रकार महासंघका अध्यक्षलाई “खाते” जस्ता अमयांदित गाली गलौज गर्नु निन्दनीय मात्र होइन, सम्पूर्ण पत्रकार समुदायप्रतिको घोर अपमान पनि हो ।’संगठित रूपमा लगाएका आक्षेपहरू नेपाली पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने, व्यक्तिविशेषको चरित्र हत्या गर्ने र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने नियोजित प्रयास भएको महासंघ सिरहा शाखाको ठहर छ ।
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...