असार १०, २०८२ , Lahan
1113 Views
फिरोज शेख लहान २०८२ असार १० -
नेपाल औषधि व्यवसायी संघ सिराहा जिल्ला शाखाले "औषधिको अदुपयोग गरौं, प्रतिकूल असरबाट जोगौं" भन्ने नाराका साथ ५२औं वार्षिकोत्सव तथा स्थापना दिवस विशेष सामाजिक सेवामूलक कार्यक्रमको माध्यमबाट मनाएको छ। यस अवसरमा लहानस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल र प्रादेशिक अस्पताल सिरहामा भर्ना भएका तथा उपचारमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरी संघले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो। लहान स्थित प्रादेशिक अस्पतालका मेसु रंजित झाको प्रमुख आतिथ्यता तथा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष सन्तोष अग्रवालकोको अध्यक्षतामा सम्पन्न फलफुल वितरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्याम प्रसाद राउत ,बरिष्ठ उपाध्यक्ष उमा प्रसाद चौधरी,थोक उपाध्यक्ष विपिन कुमार साह ,खुद्रा उपाध्यक्ष विरबराज चौरसिया ,महासचिव संजय कुमार सिंह ,कोषाध्यक्ष रविन्द्र कुमार प्रधान ,सचिव जागेश्वर यादव,उप-कोषाध्यक्ष अन्जय कुमार चौधरी,कार्यकारिणी सदस्यहरु सरोज कुमार महासेठ ,विजय कुमार साह ,चन्द्रवीर साह ,कृष्ण कुमार यादव ,शंकर यादव लगायत औषधि व्यवसायी गंगा यादव लगायतको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि मेसु झाले संघको यस प्रयासप्रति प्रशंसा व्यक्त गर्दै स्वास्थ्य सेवा र औषधिको दुरुपयोग रोक्न यस्ता पहलहरूले सकारात्मक प्रभाव पार्ने बताए। संघका अध्यक्ष अग्रवालले औषधि व्यवसायलाई मात्र नभई समाजसेवाको क्षेत्रमा पनि जिम्मेवार भूमिका निर्वाह गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो। यस सामाजिक कार्यले स्वास्थ्य सेवा र मानवीय सहयोगको सन्देश प्रवाह गरेको कार्यक्रममा सहभागीहरूले बताएका छन्।






दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...