असार १०, २०८२ , Lahan
312 Views
फिरोज शेख लहान २०८२ असार १० -
नेपाल औषधि व्यवसायी संघ सिराहा जिल्ला शाखाले "औषधिको अदुपयोग गरौं, प्रतिकूल असरबाट जोगौं" भन्ने नाराका साथ ५२औं वार्षिकोत्सव तथा स्थापना दिवस विशेष सामाजिक सेवामूलक कार्यक्रमको माध्यमबाट मनाएको छ। यस अवसरमा लहानस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल र प्रादेशिक अस्पताल सिरहामा भर्ना भएका तथा उपचारमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरी संघले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो। लहान स्थित प्रादेशिक अस्पतालका मेसु रंजित झाको प्रमुख आतिथ्यता तथा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष सन्तोष अग्रवालकोको अध्यक्षतामा सम्पन्न फलफुल वितरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्याम प्रसाद राउत ,बरिष्ठ उपाध्यक्ष उमा प्रसाद चौधरी,थोक उपाध्यक्ष विपिन कुमार साह ,खुद्रा उपाध्यक्ष विरबराज चौरसिया ,महासचिव संजय कुमार सिंह ,कोषाध्यक्ष रविन्द्र कुमार प्रधान ,सचिव जागेश्वर यादव,उप-कोषाध्यक्ष अन्जय कुमार चौधरी,कार्यकारिणी सदस्यहरु सरोज कुमार महासेठ ,विजय कुमार साह ,चन्द्रवीर साह ,कृष्ण कुमार यादव ,शंकर यादव लगायत औषधि व्यवसायी गंगा यादव लगायतको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि मेसु झाले संघको यस प्रयासप्रति प्रशंसा व्यक्त गर्दै स्वास्थ्य सेवा र औषधिको दुरुपयोग रोक्न यस्ता पहलहरूले सकारात्मक प्रभाव पार्ने बताए। संघका अध्यक्ष अग्रवालले औषधि व्यवसायलाई मात्र नभई समाजसेवाको क्षेत्रमा पनि जिम्मेवार भूमिका निर्वाह गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो। यस सामाजिक कार्यले स्वास्थ्य सेवा र मानवीय सहयोगको सन्देश प्रवाह गरेको कार्यक्रममा सहभागीहरूले बताएका छन्।
सिरहाको लहानमा मारवाडी महिला मंच लहानको आयोजनामा दुई दिने "सावन...
मधेश प्रदेशसभा सदस्य ललिता दास ‘विद्रोही’ माथि सिरहाको लहानमा सांघातिक...
नेकपा एमालेका लहान नगर अध्यक्ष राजकुमार साहले नेपाल पत्रकार महासंघ...
सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि एक...
सिरहाको लहान वजारमा सञ्चालनमा रहेका मासु तथा दुध डेरी पसलको...
भूमिहिन र अव्यवस्थित बसोवासीलाई भूमि प्राप्तीका लागी जागरण यात्रा चलाएका...