जेठ २२, २०८२ , Lahan
3147 Views
फिरोज शेख लहान २०८२ जेठ २२ -
सप्तऋषि अस्पताल लहानले हालै सफलतापूर्वक जटिल स्पाइनल सर्जरी गरिएको छ। सप्तऋषि अस्पताल लहानमा सप्तरी कडरबोना निवासी २२ बर्षिय मिन्टू कुमारी चौधरीको सफलतापूर्वक जटिल स्पाइनल सर्जरी गरिएको हो। जेठ ४ गते लिच्ची टिप्ने क्रममा रुखबाट लड्दा मेरुदण्डको L1, L1 लम्वार पहिलो र दोस्रो हड्डी भाचिएको (फ्रैक्चर) समस्या संगै नसा च्यापिनुको साथै दाहिने हातको हड्डी पनि भाचिएको हुँदा प्लाष्टर समेत गरिएको थियो। यहि जेठ ७ गते CT स्क्यान र MRI गरी गरिएको अप्रेशनमा पेडिकल स्क्रू ( स्टिल ) प्रविधि प्रयोग गरेर मेरुदण्डलाई स्थायित्व प्रदान गरिएको सप्तऋषि अस्पतालले जनाएका छन्। सप्तऋषि अस्पताल लहानले पहिलो पटक सफलता पुर्वक गरेको उक्त प्रकृतिको जटिल अप्रेशन स्पाइन सर्जन डा.पशुपति चौधरीको सहयोगमा डा.सुभाष बाबु साह ,डा.राजेश साह , एनेथेसिया डा. सागर र नविन,प्राविधिक सहयोगी विनोद, सीमा, सविन र संगीताको टिमले गरेको अस्पतालक प्रसाशनले जनाएको छ। विरामी चौधरीको जेठ १२ गते डिस्चार्ज गरिएको थियो भने जेठ २१ गते अप्रेशनको क्रममा लगाइएका टाका खोलिएको छ। विरामी अहिले वालकरको सहायताले ढाडमा बेल्ट लगाएर हिडडुल गरिरहनु भएको छ। अस्पतालका चिकित्सकका अनुसार बिरामीको स्वास्थ्य स्थिति अहिले सुधारतर्फ छ।
सप्तऋषि अस्पताल (प्रा. लि.), लहान-३, सिराहाले आफ्नो उन्नत उपकरण र अनुभवी चिकित्सकीय टिमको सहायताले बिरामीको जीवन पुनर्स्थापित गर्न सफल भएको छ।


सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...