जेठ १५, २०८२ , Lahan
1103 Views
फिरोज शेख लहान २०८२ जेठ १५ -
सिरहाको लहानमा मा अनुभवी विशेषज्ञ डाक्टरले अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति बढिरहेको बेला लहान ३ स्थित होस्पितल चौकमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने अत्याधुनिक ‘फेमिली डेन्टल क्लिनिक’ खुलेको हो।
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान बाट अध्ययन पूरा गरी केही बर्षको अनुभव समेत लिइसकेका युवा डा. एम डि अफरोज ( BDS BPKIHS धरान घोपा क्याम्प) ले क्लिनिक संचालनमा ल्याएका हुन् । क्लिनिकमा इन्ट्रा ओरल क्यामरा बाट दाँत परीक्षण ,मुखमा घाउ हुने, गिजा सुन्निने, दांतको इन्पेक्सन, लगायत दांत र मुख सम्बन्धि सम्पुर्ण रोगहरुको उपचार गरिन्छ । क्लिनिकमा दांत भर्ने, नमिलेका बंगोटिंगो दांत मिलाउने ( फिक्स अर्थो), दांत खोल्ने, खोल्न मिल्ने दांत लगाउने (आर्पिडी), सबै दांत लगाउने (सिडी) र फिक्स दांत लगाउने (एफपीडी) लगायतका सबै सुबिधा उपलब्ध भएको डा. एम डि अफरोजले जानकारी दिए । क्लिनिकको समुद्घाटन बिहिबार लहान नगरप्रमुख महेश प्रसाद चौधरीले गरेका छन्। क्लिनिकमा उद्घाटनको अवसरमा एक महिनाका लागि सबै सेवामा २० देखि ३०% सम्म छुटको व्यवस्था गर्नुका साथै जेष्ठ नागरिकका लागि बिशेष छुट ,नि:शुल्क दन्त परिक्षण ,नि:शुल्क एक्सरे तथा परामर्स सेवाको समेत व्यवस्था गरेका छन्।

दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...