जेठ १५, २०८२ , Lahan
828 Views
फिरोज शेख लहान २०८२ जेठ १५ -
सिरहाको लहानमा मा अनुभवी विशेषज्ञ डाक्टरले अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति बढिरहेको बेला लहान ३ स्थित होस्पितल चौकमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने अत्याधुनिक ‘फेमिली डेन्टल क्लिनिक’ खुलेको हो।
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान बाट अध्ययन पूरा गरी केही बर्षको अनुभव समेत लिइसकेका युवा डा. एम डि अफरोज ( BDS BPKIHS धरान घोपा क्याम्प) ले क्लिनिक संचालनमा ल्याएका हुन् । क्लिनिकमा इन्ट्रा ओरल क्यामरा बाट दाँत परीक्षण ,मुखमा घाउ हुने, गिजा सुन्निने, दांतको इन्पेक्सन, लगायत दांत र मुख सम्बन्धि सम्पुर्ण रोगहरुको उपचार गरिन्छ । क्लिनिकमा दांत भर्ने, नमिलेका बंगोटिंगो दांत मिलाउने ( फिक्स अर्थो), दांत खोल्ने, खोल्न मिल्ने दांत लगाउने (आर्पिडी), सबै दांत लगाउने (सिडी) र फिक्स दांत लगाउने (एफपीडी) लगायतका सबै सुबिधा उपलब्ध भएको डा. एम डि अफरोजले जानकारी दिए । क्लिनिकको समुद्घाटन बिहिबार लहान नगरप्रमुख महेश प्रसाद चौधरीले गरेका छन्। क्लिनिकमा उद्घाटनको अवसरमा एक महिनाका लागि सबै सेवामा २० देखि ३०% सम्म छुटको व्यवस्था गर्नुका साथै जेष्ठ नागरिकका लागि बिशेष छुट ,नि:शुल्क दन्त परिक्षण ,नि:शुल्क एक्सरे तथा परामर्स सेवाको समेत व्यवस्था गरेका छन्।
सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...
सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...
लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...
लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...
प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...