मंसिर ११, २०८२ , Lahan
384 Views
फिरोज शेख लहान २०८२ मङ्सिर ११ -
लहान बजारमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीस अपाचे आरटीआर १६० टुभी एफआई र टीभीएस रेडर आइगोको मोटरसाइकल लहानमा अवस्थित टीभीएसका आधिकारिक बिक्रेता राज अटो मोबाइल्स मार्फत संचारकर्मी फिरोज शेख र अटो मोबाइल्सका संचालक राज गुप्ता मार्फत सार्वजनिक गराउदै बिक्री सुरू गरेको हो ।
कम्पनीले टीभीस अपाचे आरटीआर १६० टुभी एफआईको मूल्य ३ लाख ४४ हजार ९०० र रेडर आइगोको ३ लाख ५ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यी दुवै नयाँ मोडल अत्याधुनिक प्रविधियुक्त र नवीन डिजाइनका छन् ।
टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई बलियो रेसिङ परम्परासहित डिजाइन गरिएको छ । गति, प्रदर्शन र सुरक्षाको उत्कृष्ट संयोजन रहेको आरटीआर १६० टुभी एफआईमा डुअल डिस्क ब्रेक, सिंगल-च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट र अर्वान, स्पोर्ट र रेन गरी तीन राइड मोड जस्ता फिचर छन् । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड, फोेर स्ट्रोक, एसओएचसी, एफआई इन्जिन छ । यसले अधिकतम १६.४ पीएस र १३.३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ । टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई म्याट ब्लु, रेसिङ रेड र ब्लयाक गरी तीन कलरमा उपलब्ध छ ।
त्यस्स्तै, टीभीएस रेडर आइगो राइडर लक्षित मोटरसाइकल हो ।यसले जेनजी राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ। रेडर आइगोमा १२४.८ सीसी एयर र आयल कुल्ड थ्री भी इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा ११.३८ पीएस र ६००० आरपीएममा ११.२ एनएम र्टक जनरेट गर्दछ । साथै, कम्पनीले यसमा ‘बुस्ट मोड’ दिएको छ । जसले बाइकमा ०.५५ एनएम टर्क बढाउन मद्दत गर्छ भने ५.८ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टको गतिमा गुड्न सक्छ । कम्पनीले यसमा टेलिस्कोपिक फोर्क, सेन्सर स्ट्यान्ड, भ्वाइस एसिस्ट, टर्न बाइ टर्न नेभिगेसन, कल ह्यानडेलिङ र नोटिफिकेसन म्यानेजमेन्ट जस्ता फिचर दिएको छ ।
यो मोटरसाइकलमा टीएफटी डिजिटल क्लस्टर, आइगो स्टार्ट-स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता फिचर छन् । कम्पनीले रेडर आइगो नार्डो ग्रे र विक्ड ब्ल्याक गरी दुई कलरमा उपलब्ध गराएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवालले दुई नयाँ मोटरसाइकलले नयाँ र उत्साहजनक अध्याय सुरू गरेको बताए ।
‘नेपालमा टीभीएस मोटरले यी दुई नयाँ मोटरसाइकलका साथ नयाँ र उत्साहजनक अध्याय सुरू गरेको छ। यी मोटरसाइकलहरूले बजारमा उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै हाम्रा युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छन्, उनले भने ।
नेपालमा पहिलेदेखि नै उपलब्ध अपाचे सिरिजको रेसिङ विरासतलाई कायम राख्दै आगामी दिनमा समेत युवा पुस्ताका लागि यी रोजाइको बाइक बन्ने कम्पनीको भनाइ छ ।

दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...