शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-21
  • माघ २१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

भदौ २०, २०८२ ,

Image

लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे

456 Views

फिरोज शेख लहान २०८२ भदो २० - 
लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको १५००  औं जन्मोत्सव धुमधामका साथ मनाएका छन। ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रबीउल अव्वल १२ तारिखका दिन मुलुकको समृद्धिको कामना गर्दै लहानमा पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव " मोहम्मद–डे " हर्षोल्लासका साथ हजारौ मुस्लिम समुदायहरुको उपस्तिथिमा मनाएका छन् ।‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ मुस्लिम समाज लहान नगरपालिकाको आयोजनामा सिरहा लहानका मुस्लिम समुदायहरुले शान्ति पदयात्रा ¥याली निकाली लहान नगरपालिका परिक्रमा गरि शुक्रबार " मोहम्मद–डे " मनाएका हुन्।
¥याली शुक्रबार विहान १० बजे लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानको विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको थियो। ¥यालीमा सहभागीहरूले नेपालको राष्ट्रिय झन्डा सहित धार्मिक वस्त्र, धार्मिक झन्डा फहराउदै पदयात्रा ¥याली निकालेका थिए।

नेपाल मुस्लिम संघका केन्द्रिय कोषाध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष अब्दुल करिम,पुर्व वडा अध्यक्ष सुलेमान मियाँ अन्सारी ,युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल लहान सिरहाका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकी, नेवि संघका पुर्व अध्यक्ष मुस्ताक शेख,शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख , स्मृद्धिपथ दैनिक पत्रिकाका सम्पादक फिरोज सिद्दिकी, हज कमिटीका सदस्य रियासत लिमि मुन्ना ,मोहम्मद मुस्तकिम, मोहम्मद इसाक , फैज आलम ,रहमत अलि , वासिम अकरम , हासिम राइन लगायत  विभिन्न मदरसा बाट पाल्नु भएका धर्मगुरु, युवा ,महिला ,छात्रछात्रा लगायत हजारौ मुस्लिम जनसमुदायको उपस्तिथी रहेको थियो। यसै बीच ¥याली लाई व्यवस्थित र शान्ति ,सुरक्षा प्रदान गर्न ईलाका प्रहरी कार्यलय लहानका नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान बाट खटिएका ट्राफिक प्रहरीहरु संगै सश्त्र प्रहरीको पनि बाक्लो उपस्तिथी रहेको थियो। यसै बीच मुस्लिम समुदायका मानिसहरुले विहिबार राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई झकिझकाउ बनाइ मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन)  र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्यहरु समेत गरेका थिए। 

यसै बीच मधेश प्रदेश सरकारले मुस्लिम समुदायको महान् पर्व मोहम्मद जयन्तीको अवसरमा आज शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव बिमल प्रसाद बरालद्वारा बिहीबार जारी सूचनामा शुक्रबार सम्पूर्ण प्रदेशमा बिदा रहने जानकारी दिइएको छ । सूचनामा २०८१ चैत्र २२ गते प्रकाशित राजपत्रमा तोकिएका अतिरिक्त सार्वजनिक बिदा व्यवस्थाअनुसार मोहम्मद जयन्तीको अवसरमा बिदा दिन निर्णय गरिएको उल्लेख छ । प्रदेश सरकारले यसअघि पनि धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यसहित विभिन्न पर्वमा सार्वजनिक बिदा दिने परम्परा कायम गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...