जेठ २२, २०८२ , Lahan
843 Views
फिरोज शेख लहान २०८२ जेठ २२ -
सिरहा जिल्लाको लहानमा सिरहा सेवा समाज, कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी उप-शाखा लहानले प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने टाईम्स एजुकेशन एण्ड रिसर्च सेन्टर, लहान-८ सह-आयोजकको रूपमा रहेको थियो। सिरहा सेवा समाज, कतारका सदस्य सियाराम यादवको अध्यक्षता तथा संयोजनमा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा रेडियो सरगमका प्रबन्ध निर्देशक फिरोज शेख,लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकर प्रसाद गुप्ता,टाईम्स एजुकेशन एण्ड रिसर्च सेन्टरका सञ्चालक भोलाजित नेपाल र समाजसेवी विजय यादव रहनु भएको थियो। टाईम्स एजुकेशन एण्ड रिसर्च सेन्टर, लहान-८ को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा २४ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको छ। रक्तदाताहरुलाई कार्यक्रमका अध्यक्ष यादवले प्रमाण-पत्र हस्तान्तरण गर्दै
प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई खदा ओढाएर सम्मान गर्नुका साथै प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले रक्तदानको महत्त्व बारे प्रकाश पर्दै आयोजक संस्थालाई समाजसेवाको कार्यलाई निरन्तरतादिन आग्रह गर्दै हाल सिरहा र आसपासका क्षेत्रहरूमा रगत अभावको समस्या समाधान गर्न यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको धारणा राख्नु भयो।
हाल कतारमा रहनुभएका सिरहा सेवा समाज, कतारका अध्यक्ष जयप्रकाश यादवले कार्यक्रमलाई भिडियो कलमार्फत सम्बोधन गर्दै सहभागी हुनुभएका प्रमुख अतिथि ,विशिष्ट अतिथिहरू लगायत रक्तदान गरि कार्यक्रमलाई सफल बनाएको ठहर गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।सिरहा सेवा समाजले “सिरहा समाजको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने नारालाई आत्मसात् गर्दै सिरहा जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। कतारमा रहेका सिरहा सेवा समाजका सदस्यहरूले जिल्लाको सामाजिक समस्यालाई समाधान गर्न निरन्तर प्रयास गरिरहेका छन्। सिरहा सेवा समाज, कतारको यो प्रयासले जिल्लामा रक्तदानजस्ता जीवनदायी गतिविधिलाई प्रवर्द्धन गर्दै उदाहरणीय कार्यको सुरुआत गरेको छ।


प्याब्सन सिरहाको आयोजनामा सिरहाको लहानमा क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको...
प्याब्सन सिरहाको आयोजनामा सिरहाको लहानमा जारि ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट...
प्याब्सन सिरहाको आयोजनामा सिरहाको लहानमा क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको...
सामाजिक संस्था सोवरस एक्सन नेपालद्वारा लहान नगरपालिका र सखुवानन्कारकट्टी गापा...
क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान–४...
क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान–४...