शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-06-01
  • आश्विन ०१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

जेठ २२, २०८२ , Lahan

Image

सिरहा सेवा समाज कतार द्वारा रक्तदान कार्यक्रम सम्पन्न

745 Views

फिरोज शेख लहान २०८२ जेठ २२ - 
सिरहा जिल्लाको लहानमा सिरहा सेवा समाज, कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी उप-शाखा लहानले प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने टाईम्स एजुकेशन एण्ड रिसर्च सेन्टर, लहान-८ सह-आयोजकको रूपमा रहेको थियो। सिरहा सेवा समाज, कतारका सदस्य सियाराम यादवको अध्यक्षता तथा संयोजनमा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा रेडियो सरगमका प्रबन्ध निर्देशक फिरोज शेख,लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकर प्रसाद गुप्ता,टाईम्स एजुकेशन एण्ड रिसर्च सेन्टरका सञ्चालक भोलाजित नेपाल र समाजसेवी विजय यादव रहनु भएको थियो। टाईम्स एजुकेशन एण्ड रिसर्च सेन्टर, लहान-८ को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा २४ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको छ। रक्तदाताहरुलाई कार्यक्रमका अध्यक्ष यादवले प्रमाण-पत्र हस्तान्तरण गर्दै 
प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई खदा ओढाएर सम्मान गर्नुका साथै प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले रक्तदानको महत्त्व बारे प्रकाश पर्दै आयोजक संस्थालाई समाजसेवाको कार्यलाई निरन्तरतादिन आग्रह गर्दै हाल सिरहा र आसपासका क्षेत्रहरूमा रगत अभावको समस्या समाधान गर्न यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको धारणा राख्नु भयो।

हाल कतारमा रहनुभएका सिरहा सेवा समाज, कतारका अध्यक्ष जयप्रकाश यादवले कार्यक्रमलाई भिडियो कलमार्फत सम्बोधन गर्दै सहभागी हुनुभएका प्रमुख अतिथि ,विशिष्ट अतिथिहरू लगायत रक्तदान गरि कार्यक्रमलाई सफल बनाएको ठहर गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।सिरहा सेवा समाजले “सिरहा समाजको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने नारालाई आत्मसात् गर्दै सिरहा जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। कतारमा रहेका सिरहा सेवा समाजका सदस्यहरूले जिल्लाको सामाजिक समस्यालाई समाधान गर्न निरन्तर प्रयास गरिरहेका छन्। सिरहा सेवा समाज, कतारको यो प्रयासले जिल्लामा रक्तदानजस्ता जीवनदायी गतिविधिलाई प्रवर्द्धन गर्दै उदाहरणीय कार्यको सुरुआत गरेको छ।

 

 

सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...

लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...

सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...

लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...

लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...

प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...