चैत्र १०, २०८२ , Lahan
760 Views
शियाराम यादव लहान २०८२ चैत १० -
लहान — दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित योजनाहरुको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा प्राविधिक टोलीसहित सोमबार संयुक्त अनुगमन गरेका छन्। अनुगमनका क्रममा विद्यालय तथा समुदायमा सञ्चालन भइरहेका खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधिहरूको अवलोकन गरिएको थियो। कार्यक्रमको सुरुवातमा सहभागीहरूबीच भेटघाट तथा स्वागतसहित परियोजनाको उद्देश्य, योजना तथा कार्यप्रगतिबारे जानकारी आदानप्रदान गरिएको थियो।
त्यसपछि अनुगमन टोलीले लहान–१३ स्थित श्री सरस्वती आधारभूत विद्यालय तथा लहान–८ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा स्थलगत निरीक्षण गर्दै खानेपानी पूर्वाधार, सरसफाइ अवस्था तथा स्वास्थ्यसम्बन्धी गतिविधिहरूको मूल्याङ्कन गरेको थियो। साथै लहान–१४ र २४ का २९ दलित घरधुरीमा स्वच्छ खानेपानीको अवस्थाबारे परीक्षण तथा जाँचसमेत गरिएको थियो।
अनुगमनका क्रममा कार्यक्रमहरूको प्रभावकारिता, देखिएका चुनौतीहरू तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। साथै घरमै आधारित हेरचाह सम्बन्धी सत्रको प्रगति र कार्यान्वयन अवस्थाको समीक्षा समेत गरिएको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच समीक्षा तथा सुझाव आदानप्रदान गर्दै आगामी कार्ययोजनालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।यस अनुगमनले परियोजनाको प्रभाव मूल्याङ्कन गर्न तथा आगामी रणनीति तय गर्न महत्वपूर्ण सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
सिरहाको लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन भइरहेको छ।...
सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...