शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-21
  • माघ २१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

मंसिर २०, २०८२ , Lahan

Image

लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय

448 Views

फिरोज शेख लहान २०८२ मङ्सिर २० -
क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान–४ यज्ञभूमि क्रिकेट खेल मैदानमा शनिबार बाट ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु भएको छ । प्रतियोगिताको आयोजक तथा ‘टाइटल स्पोन्सर’ प्याब्सन सिरहा रहेका छन। प्रतियोगिताको उद्घाटन मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष तथा प्रमुख अतिथि सुनिल महासेठले गमलामा पानि हाल्दै उद्घाटन सत्रको अध्यक्षता गर्नु भएका प्याब्सन सिराहाका अध्यक्ष उमेश चौधरीले ब्याटिंग तथा प्रमुख अतिथि महासेठले बलिङ्ग गर्दै उद्घाटन गर्नु भयो। उद्घाटन सत्रको उद्घोषण प्याब्सन सिराहाका बरिष्ठ उपाध्यक्ष उमेश यादवले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्याब्सन सिराहाका सल्लाहकार तथा मेडिकल पार्टनर शंकर प्रसाद गुप्ताले राख्नु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा महासेठले  मधेस क्रिकेट प्रतिभाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यस प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका खेलाडीहरूको क्षमता उजागर गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,“यहाँ क्षमता भएर पनि ओझेलमा परेका खेलाडीहरूलाई यो मञ्चले आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।” सहभागी सम्पूर्ण विधालयका खिलाडीहरुलाई अनुसासनमा रही उत्कृष्ट खेल प्रस्तुत गर्न आग्रह गर्नु भयो।

त्यस्तै प्याब्सन अध्यक्ष चौधरीले प्याब्सनले बिधार्थीहरुको चौतर्फी विकासका लागि बिभिन्न खेलकुद लगातका गतिविधिहरु गर्दै आइरहेको जानकारी गराउदै यस प्रतियोगितालाई सफल बनाउन अहम भूमिका खेल्नुहुने लहान क्रिकेट क्लव लगायत सहयोगी सम्पूर्णमा आभार प्रकट गर्नुहुँदै सहभागी सम्पूर्ण विधालयका खिलाडीहरुलाई सफलताको शुभकामना दिनु हुँदै यस बर्षको लिगमा २८ वटा निजी विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो।
त्यसतै लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरले खेलकुद क्षेत्रको विकास र युवा विद्यार्थीहरूको क्षमता पहिचान गर्न यस्ता प्रतियोगिताहरू अत्यन्त उपयोगी भएको बताउनुभयो । विद्यालयस्तरमै यस्ता गतिविधि हुनु सकारात्मक काम भएको भन्दै उहाँले आयोजकप्रति प्रशंसा व्यक्त गर्नुभयो । प्रतियोगिताकोे सहयोगीका रूपमा लहान क्रिकेट क्लबसहित सिराहा जिल्ला क्रिकेट संघ रहेका छन् भने मधेश प्रदेश क्रिकेट संघ र क्रिकेट एशोसिएसन अफ नेपालसंग सहकार्य गरिएको आयोजकले जनाएको छ। साथै, प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेको छ ।

यसै बीच उद्घाटन खेलमा अपोलो ओम इङ्ग्लिस बोर्डिङ स्कूल, लहानले जी. बी. शा द एलाइट सेकेन्डरी बोर्डिङ स्कूललाई ९ विकेट पराजित गर्दै विजय सुरुवात गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेका जी. बी. शा ले १४ ओभर ५ बलमा बिशाल मण्डलको ९ ब्रहम सिंहको ५ र निरज यादवको ४ रन र  अतिरिक्त २८ रनको मद्दतमा ५७ रनमा अल आउट हुँदै अपोलोलाई ५८ रनको टार्गेट दिएको थियो। जी. बी. शा लाई सस्तैमा समेट्न अपोलोका आयुस बिक र राहुल गुप्ताले ३/३ विकेट लिए भने अंकित गोस्वामी ,आयुष गोस्वामी र दिपरंजन यादवले १/१ विकेट लिएका थिए।
५८ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका अपोलोका खिलाडी आयुस बिकले नट आउट रहदै उत्कृष्ट प्रदर्शन गर्दै ३ चौका र ३ छक्काको मद्दतले २३ बलमा ३७ रन र राहुल गुप्ता ७ रन बनाउदै १३ अतिरिक्त रनको मद्दतमा ५ ओभर १ बलमै विजय भए। जी. बी. शा का राजु यादवले २ ओभरमा ३३ रन खर्चेर सुमित गुप्ताको विकेट लिन सफल भएका थिए। खेलको उत्कृष्ट खिलाडी आयुस विक घोषित भए।

यसैबीच, लहान–४ यज्ञभूमि मैदानमै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको पहलमा व्यवस्थित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया पनि अघि बढेको छ । त्यसका लागि मन्त्रालयबाट रु तीन करोड र लहान नगरपालिकाले रु दुई करोड बजेट व्यवस्था भइसकेको लहान क्रिकेट क्लबका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । रङ्गशालाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो। प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुने आयोजकले जनाएका छन्। विहान ९ बजे हुने खेलमा ग्लोवल एकेडमी र लिट्टिल स्टार स्कुल बीच प्रतिस्पर्धा हुने छन् भने दिउँसो १ बजे प्यारागन स्कुल लहान र मोडर्न आदर्श स्कुल बीच भिडन्त हुने छन्। 

 
 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...