पौष ०७, २०८२ , Lahan
550 Views
फिरोज शेख लहान २०८२ पौष ८ गते -
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं बीच विद्यार्थी,शिक्षक–कर्मचारी तथा अभिभावकहरुको स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।समझदारीपत्र अनुसार एभरेष्ट अस्पतालले द ग्लोबल कलेज लहानका विद्यार्थी, शिक्षक, कर्मचारी, संचालक तथा उनीहरूका अभिभावकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। साथै, आपसी सहमतिमा स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था समेत गरिएको छ।समझदारीपत्रमा उल्लेख भएअनुसार एभरेष्ट अस्पतालले कलेज प्रशासन तथा कर्मचारीलाई इन–हाउस सेवामा २५ प्रतिशत र फार्मेसी तथा ओटी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ। त्यस्तै, कलेजका विद्यार्थीहरूका लागि इन–हाउस सेवामा २० प्रतिशत विशेष छुट व्यवस्था गरिएको छ, जसका लागि कलेज परिचयपत्र अनिवार्य हुनेछ।
यसैगरी,समझदारीपत्र अनुसार दुवै संस्थाले आपसी सहकार्यमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, अस्पतालका सेवा, प्रविधि तथा उपलब्धिबारे वार्षिक प्रस्तुतीकरण कार्यक्रम सञ्चालन गर्ने तथा एक–अर्काको संस्थागत पहिचानलाई पारस्परिक लाभका लागि प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।उक्त समझदारीपत्रमा एभरेष्ट अस्पतालका तर्फबाट प्रमुख प्रशासक दीपक चन्द्र बराल र द ग्लोबल कलेज लहानका तर्फबाट अध्यक्ष भोलाजित नेपाल ले हस्ताक्षर गर्नुभएको हो। यो समझदारीपत्र प्रारम्भिक रूपमा २ वर्षका लागि लागू हुने र आपसी सहमतिमा अवधि थप गर्न सकिने उल्लेख गरिएको छ।यस सहकार्यले विद्यार्थी तथा शैक्षिक समुदायलाई सुलभ, गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...